6 years ago
December 11, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो र युभेन्ट्सका अन्य खेलाडीले सोमबार क्रिस्मस डिनरमा सामेल भएका छन् । क्लबले सिरिएमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्षस्थानमा रहेको छ । १५ खेल खेलिसकेको युभेन्ट्सले १४ खेलमा जित र १ मा बराबरी गरि ४३ अंक जोडिसकेको छ ।
दोस्रो स्थानको नेपोली भन्दा युभेन्ट्स ८ अंकले अगाडि छ । लगातार सफलताका बीच वार्षिक रात्रीभोजका दौरान खेलाडीहरुले टोस्ट गरेका छन् । टोलीका अधिकांश खेलाडी रात्री भोजमा औपचारिक पोशाकमा उपस्थित भएका थिए ।
रोनाल्डो थ्री पिसमा प्रेमिका जर्जियानो रोड्रिग्योजका साथ उपस्थित भएका थिए । पोर्चुगिज सुपर स्टार रियल म्याड्रिड छाडेर यो सिजन युभेन्ट्स पुगेका थिए । उनी युभेन्ट्सको वातावरणमा पनि घुलमिल भइसकेका छन् ।
१९ खेलमा रोनाल्डोले ११ गोल गरिसकेका छन् । सोमबार नै ३३ वर्षे रोनाल्डोले आफुले जस्तै अलग अलग देशको लिग खेल्न अर्का सुपर स्टार लियोन मेसीलाई चुनौति दिएका थिए । रोनाल्डोले पोर्चुगल हुँदै इग्ल्यान्ड, स्पेन र अहिले इटालीको लिग खेलिरहेका छन् । मेसीले भने अहिले सम्म बार्सिलोना बाहेक अन्य क्लबमा खेलेका छैनन् ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]