6 years ago
December 11, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार केलियन एमबाप्पेले पछिल्लो दिनमा टोलीका सहकर्मी अर्को स्टार नेयमारसँगको सम्बन्ध सुधार भईरहेको बताएका छन् । दुई सुपर स्टारबीच तिक्तता रहेको कतिपय समाचारमा उल्लेख गरिएको थियो । यहाँ सम्मकी ड्रसिङ रुपमा पनि यी दुई टोलीले एकअर्कालाई हर्थेनन् ।
फ्रान्सेली एउटा पत्रिकाले पिएसजीले फाइनान्सियल फेयर प्लेका कारण पनि दुई स्टार मध्य एकलाई विक्री गर्न चाहेको छ । तर पिएसजीले भने त्यो रिर्पोटलाई अस्वीकार गरेको थियो । चोट कारण नेयरमार लिग १ को पछिल्ला खेल खेलेका थिएनन् ।
डिसेम्बर २ मा भएको त्यो खेलमा पिएसजीले बोर्डेक्ससँग २–२ को बराबरी खेलेको थियो । ब्राजिलियन अन्तर्राष्ट्रिय आज हुने च्याम्पियन्स लिगअन्तर्गत समूहको अन्तिम खेलमा उत्रनेछन् । एमबाप्पेले नेयमारसँगको मैदानमा सम्बन्ध थप मजबुद भइरहेको बताएका छन् ।
‘हामी मैदानमा कस्तो खेल्न सक्छौं भन्ने आउने दिनमा अझै देखिनेछ,’ रेड स्टार बेलग्रेडसँगको खेल अघि एमबाप्पले भनेका छन्, ‘नेयमारसँगको सम्बन्ध थप राम्रो हुँदै गइरहेको छ । च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा त्यो देखिनेछ र हामी जित्नेछौं ।’
पाँच खेलको समाप्तीमा शीर्षस्थानमा रहेको नेपोलीको ९, पिएसजीको ८, लिभरपुलको ६ अंक छ । पुछारमा रहेको रेड स्टारले ४ अंक जोडेको छ । आजको खेल जितेमा पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्नेछ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]