6 years ago
December 13, 2018
टुरिन (एजेन्सी)– युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ब्यालोन डी ओरको मुख्य हकदार आफै भएको उल्लेख गर्दै भनेका छन्, ‘तथ्यांकले झुट बोल्दैन ।’ यसपटकको ब्यालोन डी ओर रोनाल्डोका पूर्व सहकर्मी लुका मोड्रिचले जितेका थिए ।
मोड्रिचले अवार्ड जित्दा ३३ वर्षे रोनाल्डो दोस्रो स्थानमा रहेका थिए । रोनाल्डो र मोड्रिच सम्मिलित रियलले गत वर्ष लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता थिए ।
तर पनि संसारभरका खेलकुद पत्रकारले गरेको मतदानमा रोनाल्डो दोस्रो स्थानमा रहे । पोर्चुगिज स्ट्राइकरले बालोन डी ओर नजित्दा निराशा भएपनि अर्को वर्ष पुनः जित्नका लागि सबै खाले प्रयास गर्ने बताएका छन् ।
‘निश्चय नै निराश भए । तर जीवन चलिरहन्छ । मैदानमा मेहनत गर्दै जानु पर्दछ । ब्यालोन डी ओर जित्न मैले हर सम्भव प्रयास गरे । तथ्यांकले झुट बोल्दैन,’ रोनाल्डोले भने,’ मैले जित्न सकिन । ठिक छ म त्यसमा धेरै बेखुसी छैन । मसँग उत्कृष्ट परिवार र साथी छन् । मैले उत्कृष्ट क्लबमा खेलिरहेको छु ।’
उनले मोड्रिचलाई ब्यालोन डी ओरका लागि बधाई दिएका छन् । ‘उनलाई बधाई छ । अर्को वर्ष फेरि भेट हुनेछ ,’ उनले थपे, ‘अवार्ड जित्न म सबै प्रयास गर्नेछु । तपाई लाई के लाग्छ म घर गएर रोएर बस्ने खालको हुँ ?’
रोनाल्डो र बार्सिलोनाका लियोन मसीले समान ५ पटक ब्यालोन डी ओर जितेका छन् । ९ वर्ष सफल खेल जीवनपछि रोनाल्डो रियल छाडेर १ सय ५ मिलियन पाउन्डमा यो सिजनको सुरुवातमा युभेन्ट्स पुगेका थिए । युभेन्ट्समा उच्च प्रदर्शन गरिरहेका रोनाल्डोले १९ खेलमा ११ गोल गरिसकेका छन् ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]