6 years ago
December 10, 2018
एजेन्सी – स्पेनिस क्लब तथा युरोपेली च्याम्पियन रियल म्याड्रिडलाई यसै साता सुरु हुने क्लब विश्वकपमा सहज ड्र परेको छ । यसपटक विश्वकप डिसेम्बर १२ देखि २२ सम्म संयुक्त अरब इमिरेट्सको आबुधावीमा हुँदैछ ।
रियलले सिधै प्रतियोगिताको सेमिफाइनल खेल खेल्नेछ । क्वाटरफाइनलमा काशीमा एन्टलर्स र सिभास ग्वाडलाहाराको विजेतासँग रियलले फैंल प्रवेशका लागि डिसेम्बर १९ मा खेल्नेछ । काशीमा र सिभासको खेल भने १५ डिसेम्बरमा हुनेछ ।
रियलको फाइनल प्रतिद्वन्द्वी आइतबार कोपा लिबर्टाडोरेसको उपाधि जितेको रिभर प्लेट हुने सम्भावना प्रबल छ रिभर प्लेटले पनि सिधै सेमिफाइनल खेल्नेछ । अलआइन र वेलिङटनको विजेताले क्वाटरफाइनलमा एस्परेन्स डे तुनिससँग क्वाटरफाइनलमा खेल्नेछन् । त्यस खेलको विजेताले रिभर प्लेटसँग फाइनल प्रवेशको लागि खेल्नेछन् ।
प्रतियोगिताको फाइनल खेल २२ डिसेम्बरमा हुनेछ । रियल यस प्रतियोगिताको साविक विजेता पनि हो । सन् २०१६ र २०१७ कै संस्करण रियलले जितेको थियो ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]