6 years ago
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सातौं चरणको अन्तिम खेलमा मनाङ र आर्मीको जितसँगै पल्सर सहित स्मारक ए डिभिजन लिगको सातौं चरणको खेल सकिएको छ ।
लिगको तेस्रो चरणदेखि लगातार अग्रतामा रहेको मनाङले सातौं चरणमा पनि जित दर्ता गर्दै पकड बलियो बनाएको छ । लिगका सम्पूर्ण सात खेलमा जित दर्ता गरेको मनाङको २१ अंक छ । दोस्रो स्थानमा रहेको रुस्लान थ्री स्टारको ७ खेलमा ६ जित र १ हारसहित १८ अंक छ । थ्री स्टारले तेस्रो चरणमा मनाङविरुद्ध भोगेको २-१ को हार नै अंक गुमाएको एकमात्र खेल हो ।
तेस्रो स्थानको संकटा पनि ७ खेलमा ६ जित र १ हारसहित १८ अंकमा छ । संकटालाई त्रिभुवन आर्मी क्लबले ५-१ ले हराएको थियो । चौथो स्थानमा लिगमा अझै हारको स्वाद नचाखेको आर्मी रहेको छ । आर्मीले पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) विरुद्ध २-२ को बराबरी खेलेको थियो । त्यसपछि लगातार ४ जित दर्ता गरेको आर्मी छैटौं चरणमा फ्रेन्ड्ससँग गोलरहित बराबरीमा रोकिएको थियो ।
लिगको पाँचौ स्थानमा नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ७ खेलमा ३ जित, २ बराबरी र २ हारसहित ११ अंक जोडेको छ । शेर्पा पुलिसको जस्तै नतिजा हात पार्दै गोल अन्तरको आधारमा छैटौं स्थानमा छ । सातौं र आठौँ स्थानमा क्रमश: भ्याली च्यासल युवा क्लब र नेपाल एपीएफ क्लब रहेका छन् । दुवै टोलीले ७ खेलमा ३ जित, १ बराबरी र ३ हार बेहोरेका छन् ।
नवौं स्थानमा २ जितसहित ६ अंक जोडेको सरस्वती क्लब रहेको छ । १ जित र २ बराबरीसहित ५ अंक जोडेको फ्रेन्ड्स क्लब दशौँ स्थानमा छ । जावलाखेल युवा क्लब र ब्रिगेड ब्वाइज क्लब समान ४ अंक बोकेर क्रमश: ११ औं र १२ औं स्थानमा छन् ।
लिगमा अहिलेसम्म गोलको खाता खोल्न नसकेको मछिन्द्र क्लब पुछारबाट दोस्रो स्थानमा छ । मछिन्द्रले ३ बराबरी खेल्दै ३ अंक जोडेको छ । लिगको पहिलो खेलमा आर्मीविरुद्ध बराबरी खेलाडी अंकको खाता खोलेको एनआरटीले त्यसपछि कुनै अंक जोडेको छैन । पछिल्लो ६ खेलमा लगातार पराजय भोगेको एनआरटी १ अंक बोकेर पुछारमा रहेको छ ।
सातौं चरणको नतिजाहरु :
मंसिर २२ : हिमालयन शेर्पा १-१ पुलिस
मंसिर २२ : संकटा १-० एनआरटी
मंसिर २३ : एपीएफ ३-० सरस्वती
मंसिर २३ : रुस्लान थ्री स्टार २-० जावलाखेल
मंसिर २३ : च्यासल ३-१ फ्रेन्ड्स
मंसिर २४ : आर्मी १-० ब्रिगेड ब्वाइज
मंसिर २४ : मनाङ १-० मछिन्द्र
अंक तालिका :
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]