6 years ago
December 11, 2018
म्युनिख (एजेन्सी)– जर्मनीका मुख्य प्रशिक्षक जोचिम लोले भविष्यमा रियल म्याड्रिड जस्तो क्लबलाई प्रशिक्षण दिन सक्ने संकेत गरेका छन् । रियल अहिले स्पेनिस ला लिगामा पाँचौं स्थानमा रहेको छ ।
विश्वकप सुरु हुनु केहि दिन अघि प्रशिक्षकमा नियुक्त भएका तत्कालिन स्पेनी राष्ट्रिय टोलीका प्रशिक्षक जुलेन लोपेटेगुइलाई रियलले सिजनको सुरुवाती समयमै बर्खास्त गरेको थियो । अहिले सान्टियागो सोलारीलाई मुख्य प्रशिक्षक बनाउँदै रियल लयमा फर्कने कोसिसमा छ ।
लो सन् २००४ देखि जर्मन टोलीको प्रशिक्षण टोलीमा रहेका छन् । २००६ देखि उनी टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । उनले भविष्यमा रियल जस्तो क्लबलाई प्रशिक्षण दिन सक्ने बताएका छन् । उनकै नेतृत्वमा जर्मनीले सन् २०१४ को फिफा विश्वकप उपाधि पनि जितेको थियो ।
‘म लामो समयदेखि प्रशिक्षणमा रहेको छु । अहिले पनि मैले सन्यासको विषयमा सोचेको छैन,’ लोले अन्तर्वार्तामा भने, ‘मेरो प्रशिक्षण जीवनको लामो समय राष्ट्रिय टोलीमा बित्यो । तर जब समय आउछ अनि क्लबका विषयमा सोच्नेछु । भविष्यमा क्लबलाई प्रशिक्षण दिन म इच्छुक छु ।’
उनले जर्मनी भन्दा बाहिर गएर प्रशिक्षण गर्न चाहेकेको बताएका छन् । ‘म जर्मनीमा होइन बाहिर प्रशिक्षण दिन चाहन्छु,’ उनले थपे, ‘जो सुकै प्रशिक्षकले पनि रियल जस्तो टोलीलाई प्रशिक्षण दिन चाहन्छन् ।’ जर्मनीलाई २०१४ को विश्व कप उपाधि दिलाएका लो पछिल्लो विश्व कपमा कमजोर प्रदर्शनका वावजुद पनि टोलीमा यथावत छन् ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]