6 years ago
December 10, 2018
एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका छन् । रियल म्याड्रिडका पूर्व फरवार्ड रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा अर्जेन्टिनी कप्तान मेसीलाई यसो भनेका हुन् ।
इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा उनले मेसीसँगको प्रतिस्पर्धा केहि हदसम्म मिस भएको बताए । तर उनले मेसीलाई पनि नयाँ चुनौती लिने समय भएको बताए ।
‘मैले मेसीलाई केहि मिस पक्कै गरेको छु । मैले पोर्चुगलमा आफ्नो करिअर सुरु गर्दै इंग्ल्यान्ड र स्पेन हुँदै अहिले इटालीमा आएको छु । उनले आफ्नो पूरा करिअर स्पेनमा नै खेलेका छन् । मलाई लाग्छ उनले अब स्पेन छाडेर अन्यत्र लिगमा पनि खेल्नुपर्छ,’ रोनाल्डोले भने ।
रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय मिलियन युरोमा इटालीको च्याम्पियन युभेन्ट्स पुगेका थिए । रियल म्याड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि दिलाउँदा नायक सावित भएका रोनाल्डोले रियलमा छँदा मेसीविरुद्ध थुप्रै खेल खेले । दुवै खेलाडीले यस क्रममा व्यक्तिगत र टोलीको लागि सफलता पनि हासिल गरेका थिए ।
‘मेरो लागि जिन्दगि भनेको चुनौती हो । नयाँ चुनौतीको सामना गर्न मलाई मनपर्छ र म यसमा खुसी पनि छु । म उनी इटाली आएर खेलेको हेर्न चाहन्छु । मैलेजस्तै उनले पनि नयाँ चुनौतीको सामना गर्नुपर्छ । तर उनी त्यहाँ स्पेनमा नै खुसी छन् भने म त्यसको सम्मान गर्छु,’ उनले थपे ।
‘मेसी निकै राम्रा खेलाडी हुन् र उत्तिकै सालिन व्यक्ति पनि । मैले उनलाई यहाँ खासै मिस गरेको छैन । मेरो नयाँ चुनौतीको सामना गर्नुपर्दा म खुसी छु,’ उनले टुंग्याए ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]