6 years ago
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) –सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो दाबेदारीलाई अझै मजबुद बनाएको छ । लिगको सातौं चरणअन्तर्गत सोमबार मच्छिन्द्र क्लबलाई १–० ले हराउँदै मनाङले शतप्रतिशत नतिजाले निरन्तरता दिएको छ ।
७ मा सबै खेल जितेको मनाङको २१ अंक छ । उत्तिनै खेलमा दोस्रो स्थानमा रहेको रुस्लान थ्री स्टार क्लबले १८ अंक छ । खेल सकिन पाँच मिनेट बाँकी रहँदा आफिज अलावालले गरेको गोल खेलको निर्णायक बनेको थियो । मिक्टर कामहुकाको क्रसमा हुलमुलबीचबाट आफिजले गोल गरेका हुन् । त्यसअघि पेनाल्टीमा गोल गर्न नसक्दा मनाङले अग्रताको मौका गुमाएको थियो ।
७० औं मिनेटमा साहिद एडिलाजााई पेनाल्टी बक्समा मच्छिन्द्रका खेलाडीले फाउल गरेपछि मनाङले पनाल्टी पाएको थिजयो । तर, अन्जन विष्टको पेनाल्टी प्रहारलाई मच्छिन्द्रका गोलकिपर दीप कार्कीले जोगाएका थिए ।
च्यस खेलको दोस्रो मिनेटमा मच्छिन्द्रका विशाल राईको फितलो प्रहार मनाङका गोलकिपर विशाल श्रेष्ठले सहजै बचाए । चौथो मिनेटमा मनाङका दिपक राईको प्रहार गोलकिपर दीपकले जोगाए । १५औं मिनेटमा मनाङले पेनाल्टी एरियाभन्दा बाहिर फ्रिकिक पाएपनि डोना थापाले सदुपयोग गर्न सकेनन् ।
२१औं मिनेटमा डोनाको पासमा अन्जनको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । २९औं मिनेटमा मच्छिन्द्रका अजित गुरुङले गोल गर्न सकेनन् । ३४औं मिनेटमा मनाङका कप्तान विराज महर्जनको पासमा अन्जनको हेडर गोलरक्षक दिपले रोके ।
पहिलो हाफको दुई मिनेट बाँकी छँदा हेमन गुरुङको पासमा अन्जन विष्टको बक्सभित्रको प्रहार गोलरक्षक दिप कार्कीले उत्कृष्ट बचाउ गरे ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]