default_image

6 years ago

December 13, 2018

इब्राहिमोभिच तत्काल मिलान नफर्कने !

86 views

0 Bookmark

मिलान (एजेन्सी)– एमएलएस टोली एलए ग्यालेक्सी ज्लाटान इब्राहिमोभिचको अनुरोध स्वीर्न तयार भएपनि उनी तत्काल एसी मिलान नफर्कने निर्देशक लियोनार्दोले बताएका छन् ।

ग्यालेक्सीमा सम्झौता बाँकी हुँदाहुँदै ३७ वर्षे स्ट्राइकर पुरानो क्लब फर्कने चर्चा सुरु भएको थियो । तर, अमेरिकी क्लब नयाँ प्रस्तावका साथ इब्राहिमोभिचलाई क्लबमै राख्न सफल भएको बताएको छ । उनी अब सम्झौता अवधीभर ग्यालेक्सीमै रहने जनाइएको छ ।

‘उनी नयाँ प्रस्तावबाट सन्तुष्ट हुन सके, ग्यालेक्सीमा रहने वचन दिएका थिए । त्यहि अनुरुप भएको छ,’ लियोनार्दोले भने, ‘उनी आउने विषय टोलीका लागि उत्साहजनक थियो । तर, तत्काल त्यो सम्भव छैन ।’ ग्यालेक्सीको सिजन अक्टुबरमै अन्त्य भइसकेको छ ।

नयाँ सिजन सन् २०१९ को मार्चमा मात्र सुरु हुनेछ । तर त्यो बीचमा इब्राहिमोभिच लोनमा मिलान जान सक्ने सम्भावना भने रहेको बताइएको छ । जसरी २००९ मा डेभिड बेकह्याम गएका थिए ।

इब्राहिमोभिचले अमेरिकामा पहिलो सिजन उत्कृष्ट ढंगमा बिताएका थिए । उनले २७ खेलमा २२ गोल गरेका थिए । त्यस्तै उनी वेस्ट न्युकमर अफ दी अवार्डबाट पनि सम्मानित भएका थिए । यद्दपी उनी टोलीलाई प्ले अफमा छनोट गराउन असफल भएका थिए ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.