default_image

6 years ago

December 10, 2018

बोका जुनियर्सलाई पराजित गर्दै रिभर प्लेट कोपा लिवर्टाडोस च्याम्पियन

60 views

0 Bookmark

मड्रिड (एजेन्सी) – अतिरिक्त समयको बोका जुनियर्सलाई ३–१ ले पराजित गर्दै क्लब एट्लेटिको लिभर प्लेट कोपा लिवर्टाडोस च्याम्पियन बनेको छ । रिभर प्लेटले समग्रमा ५–३ को जित निकालेको हो । पहिलो लेगको खेल २–२ गोलको बराबरीमा रहेको थियो ।


रिभर प्लेटले १० खेलाडीमा समेटिएको बोकालाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

४४औं मिनेटमा डारियो बेन्टेडोले गोल गर्दै बोका जुनियर्सलाई खेलमा अग्रता दिलाएका थिए । ६८औं मिनेटमा लुकास प्राटोले बराबरी गोल फर्काएपछि निर्धारि समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

९२औं मिनेटमा बोका जुनियर्सका विल्मर वारियोस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा यसको फाइदा रिभर प्लेटले उठायो । १०९औं मिनेटमा जुवान फर्नान्डो क्वेन्टेरो गोल गर्दै टिमलाई २–१ अग्रता दिलाएका थिए ।

अतिरिक्त समयको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोन्जालो निकोलस मार्टिनेजले विजयी गोल गर्दै रिभर प्लेटलाई ३–१ को जित दिलाउदै च्याम्पियन बनाए ।

ब्युनर्स आयर्समा दुई साता अघि नै हुनुपर्ने फाइनल खेल हुल दंगाका कारण स्पेनमा भएको हो । दुई साता अघि फाइनल खेलको लागि मैदान जादै गर्दा बोका जुनियर्स चढेको बसमा आक्रमण भएको थियो । त्यसपछि खेल दुई सातापछि स्पेनमा सारिएको थियो ।

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

February 4, 2025

आयोजक सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]

February 4, 2025

लखन कपमा‌ आयोजकको जित

सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]

Success

Thank you for your time.