default_image

6 years ago

December 10, 2018

बेलको गोलमा रियलको संघर्षपूर्ण जित

82 views

0 Bookmark

एजेन्सी – वेल्स फरवार्ड ग्यारेथ बेलको एकमात्र गोलमा रियल म्याड्रिडले आइतबार स्पेनिस ला लिगाको खेलमा हुएस्कालाई १-० ले पराजित गरेको छ ।

बेलले खलेको आठौँ मिनेटमा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । उनले भलीमार्फत गोल गर्दी गोलविहिन १० खेलको यात्रामा पूर्णविराम लगाए । रियलले निकै संघर्ष गरेको खेलमा बेलको दोस्रो हाफको प्रयास भने सफल हुन सकेन ।

हुएस्काले पनि दोस्रो हाफमा प्राप्त गरेको अवसर सिर्जना गर्न सकेन । आक्रमणमा रियल भन्दा धेरै अवसर सिर्जना गरेको हुएस्काले फिनिस गर्न नसक्दा खेलमा पराजय भोग्नुपर्यो । मोइ गोमेजको फ्रिकिकल थिबाउट कोर्टुवाले पन्च गरेर बाहिर फ्याँके । त्यसै कर्नरमा ड्यानी कार्भाजलले क्रिस्टियन रिभेराको प्रयासलाई गोललाइन बाट क्लियर गरिदिए ।

दोस्रो हाफमा रियलले जम्मा दुई पटक पोस्टमा आक्रमण गर्यो । रियलको अग्रपंक्ति सम्हालिरहेका फरवार्ड करीम बेन्जेमाले खेल अवधिभर एक पटक पनि पोस्टमा आक्रमण गर्न सकेनन् ।

रियलको जितमा गोलरक्षक थिबाउट कोर्टुवाले भने उत्कृष्ट प्रदर्शन गरे । लगातार तेस्रो क्लिन सिट राख्ने क्रममा उनले ९२ औं मिनेटमा पनि गोमेजको शक्तिशाली प्रहारलाई निस्तेज पारे ।

यस जितसँगै सान्टियागो सोलारीको टोली बार्सिलोनाभन्दा ५ अंक पछाडी रहँदै लिगको शीर्ष ४ मा अटाएको छ । रियलको १५ खेलमा २६ अंक रहेको छ । रियलले अब बुधबार हुने च्याम्पियन्स लिग खेलमा सीएसकेए मस्कोको सामना गर्नेछ । रियल समूह विजेता बन्दै दोस्रो चरण पुगिसकेको छ ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.