default_image

6 years ago

December 10, 2018

युनाइटेडमा माउरिन्होको जितको कीर्तिमान

73 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– पोर्चुगिज जोसे माउरिन्होले म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा अविश्वसनिय कीर्तिमान बनाएका छन् । युनाइटेडले प्रिमियर लिगमा शनिबार फुलह्यामलाई ४–१ ले हराएको थियो । त्यो जित माउरिन्होको प्रशिक्षकका रुपमा टोलीका लागि ५० औं जित हो ।

शनिबार अघिका चार खेलमा युनाइटेड जित विहिन थियो । त्यो जितपछि माउरिन्होले भने कोसेढुंगा पुरा गरेका छन् । उनले युनाइटेडका महान प्रशिक्षक एलेक्स फर्गुसनलाई समेत पछाडि पारेका छन् । फुर्गसन भन्दा छिटो माउरिन्होले टोलीलाई प्रिमियर लिगमा ५० औं जित दिलाएका छन् ।

माउरिन्होले युनाइटेडलाई ९२ औं खेलमा ५० औं जित दिलाएका हुन् । सन् १९८६ नोभेम्बरमा युनाटेडको कमान सम्हालेका फुर्गसनले ५० खेलको जितका लागि १ सय १५ खेल सम्म कुर्नपरेको थियो ।

युनाइटेडका लागि फुर्गसन भन्दा छिटै ५० जितको कीर्तिमान बनाएपछि माउरिन्होले आफ्नो यसअघिको कीर्तिमानलाई भने तोड्न सकेनन् । माउरिन्होले चेल्सीको आफ्नो पहिलो कार्यकालमा ६३ औं खेलमा ५० औं जित निकालेका थिए । दोस्रो कार्यकालमा उनले ७३ खेलमा ५० खेल जितेका थिए ।

यो सिजन सन्तोषजनक प्रदर्शन गर्न नसकेको युनाइटेडले शनिबार भने सहज जित हासिल गर्दा एस्ले योङ, हुवा माटा, रोमेलु लुकाकु र मार्कोस रासफोर्डले गोल गरेका थिए ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.