default_image

6 years ago

December 10, 2018

चेल्सीले हाजार्डलाई एक्लो स्ट्राइकरका रुपमा प्रयोग गर्ने !

75 views

0 Bookmark

लन्डन (एजेन्सी)– इडेन हाजार्डलाई भविष्यमा पनि सेन्टर फरवार्डका एक्लै खेलाउने चेल्सीका प्रशिक्षक माउरिजियो सारीले संकेत गरेका छन् । म्यानचेस्टर सिटीविरुद्ध शनिबार हाजार्डले दोस्रो हाफमा उच्च प्रदर्शन गरेपछि सारीको यस्तो भनाई आएको हो ।

प्रिमियर लिगको साविक विजेता सिटीलाई चेल्सीले शनिबार २–० ले हराएको थियो । हाजार्डले पास मिलाएपछि एगोलो कान्टेले पहिलो हाफमा गोल गरेका थिए । दोस्रो हाफमा हाजार्डकै कर्नमा डेभिड लुइजले गोल गरेका थिए । जसले गर्दा पेप ग्वार्डिओलाको टोली यसपटक प्रिमियर लिगमा पहिलो पटक पराजित भएको थियो ।

सारीले भविष्यमा पनि हाजार्डलाई यसरी नै प्रयोग गर्ने बताएका छन् । ‘खेलको सुरुवातमा उनलाई केहि समस्या देखिएको थियो । तर दोस्रो हाफमा उनले उच्च प्रदर्शन गरेका थिए । उनी गोलको हकदार पनि थिए,’ सारीले भने, ‘मलाई लाग्छ यो सबैभन्दा राम्रो विकल्प हो । हामीले सिटीविरुद्ध जसरी खेल्यौं भविष्यमा केहि खेलमा त्यसरीनै खेल्ने कोशिस गर्नेछौं ।’

हाजार्डलाई यसरी प्रयोग गर्दा अल्भारो मोराटा पहिलो रोजाईमा हुने छैनन् । अर्का फरवार्ड ओलिभर जिरुडले सिटीविरुद्ध बेन्चबाट सुरुवात गर्नुपरेको थियो । दुई भन्दा सारीलाई एक स्टाइकर उतार्दै मिडफिल्डर थप्नु उपयुक्त सम्झे ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.