6 years ago
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्तालेआइतबार लिग वनको उपाधि जितेको छ । सोहि क्रममा रोहित लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए ।
अघिल्लो साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए । लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई खेलाडी रहेका थिए । रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मदतले पर्सिजाले लिग उपाधि जित्न सफल रहयो । अन्तिम खेलमा मिट्रा कुकारलाई २-१ ले पराजित गर्दै पर्सिजाले लिग उपाधि जितेको हो ।
लिगको ३१ खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरे । रक्षात्मक मिडफिल्डरको भूमिका निभाएका रोहितले गोलको तथ्यांकमा उल्लेख्य प्रदर्शन नगरेपनि उनले मैदानमा भने निकै राम्रो प्रदर्शन गरेका थिए । मिडफिल्डको मध्यभागमा खेल्ने रोहितले अग्रपंक्तिलाई पास उपलब्ध गराउनुका साथै विपक्षीको बल खोस्ने जिम्मेवारी पनि वहन गर्दै आएका छन् । उनी डिफेन्सको अगाडी बलियो प्रदर्शन गर्दै आएका खेलाडी हुन् ।
इन्स्टाग्राम : हानिफदित्या
रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका ब्राजिलियन फरवार्ड डेविड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम रहेका थिए । प्राविधिक समितिले उत्कृष्ट खेलाडीको छनोटमा खेलाडीको विभिन्न पक्षलाई हेरिने जनाएको थियो ।
निरन्तर राम्रो प्रदर्शनसँगै टोलीमा नेतृत्व क्षमता बोकेका र प्रभावकारी प्रदर्शन गर्ने खेलाडीलाई मनोनयनमा राखिएको समितिले यसअघि जानकारी दिएको थियो । यी सबै पक्षमा रोहित उत्कृष्ट सावित हुँदै प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भए ।
रोहितलाई कमेन्टमा बधाई संदेश दिनुहोस्
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]