default_image

6 years ago

December 9, 2018

पर्सिजा इन्डोनेसिया लिग च्याम्पियन, रोहित सर्वोकृष्ट खेलाडी

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेसियाको लिग वान च्याम्पियन बनेको छ ।

लिग वानको अन्तिम खेलमा रोहितको टोली पर्सिजा जकार्ताले मिट्रा  कुकार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । पर्सिजालाई लिग च्याम्पियन बन्न लिगको अन्तिम खेलमा निश्चित जतको आवश्यकता रहेको थियो । जसमा पर्सिजा चुकेन ।

पर्सिजाका लागि दुवै गोल मार्को सिमिचले गरे । १७औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका मार्काेले ५९औ मिनेटमा दोस्रो गोल गरे । लिग वानको ३४ खेलमा पर्सिजाले ६२ अंक जोड्यो । दोस्रो स्थानको पीएसएम माकासारको ६१ अंक रहेको थियो ।

समूह चरणको अन्तिम खेलमा रोहितले सुरुवाती ११ बाटै खेलेका थिए । पर्सिजालाई लिग वान च्याम्पियन बनाउन रोहितले महत्वपुर्ण भुमिका खेलेका थिए ।  रोहित नै लिग वानको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनी गत साता सर्वोत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.