6 years ago
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रञ्जित धिमालको दुई गोलसँगै रुस्लान थ्री स्टारले ललितपुरे प्रतिद्वन्द्वी जावलाखेल युवा क्लबलाई २-० ले पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार चौथो जित दर्ता गरेको छ ।
पहिलो हाफमा दुवै टोलीले सुस्त प्रदर्शन गर्दै उल्लेख्य आक्रमण बुन्न सकेका थिएनन् । जावलाखेलले रक्षात्मक रणनीति अपनाउँदै थ्री स्टारको आक्रमणलाई रोकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि थ्री स्टारले दोस्रो हाफमा गोल गर्दै जित दर्ता गरेको हो ।
खेलको ५२ औं मिनेटमा थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । सुनिल बलले बक्सभित्र प्रहार गरेकाे बललाई जावलाखेलका कुलदिप कार्कीले ह्यान्ड गरेपछि थ्रीस्टारले पेनाल्टीकाे माैका पाएकाे थियाे । जसलाई रञ्जित धिमालले गोलमा परिणत गरे ।
रञ्जितले नै थ्री स्टारको लागि दोस्रो गोल गरे । ६९ औं मिनटेमा रन्जन विष्टले एक्लै बल अघि बढाएकाे अवस्थामा फल हानेपछि रेफ्रीले कुलदिप कार्कीलाई सिधै राताे कार्ड दिए । त्यसै फलमा प्राप्त फ्रिकिकमा रञ्जितले दर्शनिय गाेल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे । रञ्जितको जारी सिजन यो छैटौं गोल पनि हो ।
यस जितसँगै थ्री स्टारले अंक तालिकामा शीर्ष स्थानको मनाङ र संकटासँग बराबर अंक जोडेको छ । ७ खेलमा ६ जित र १ हारसँगै थ्री स्टारले १८ अंक जोडेको छ । मनाङ शीर्ष स्थानमा रहँदा, थ्री स्टार दोस्रो र संकटा तेस्रो स्थानमा छन् ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]