default_image

6 years ago

December 9, 2018

रुपबहादुरको दुई गोलमा एपीएफको सहज जित

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुपबहादुर लामाको दुई गोलमा नेपाल एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लबलाई ३-० ले पराजित गरेको छ ।

एपीएफले एकतर्फी दबाब बनाएको खेलमा अग्रता लिन भने १८ औं मिनेटसम्म कुर्नु परेको थियो । श्याम नेपालीको कर्नरमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको पाँचौ मिनेटमा श्याम नेपालीले अवसरको सदुपयोग गर्न सकेनन् । नवौं मिनेटमा फरवार्ड युवराज खड्काको हेडरले पोस्टको दिशा लिन सकेन । २१ औं मिनेटमा सरस्वतीका रमेश तामाङको फ्रिकिक प्रहारलाई एपीएफका गोलरक्षकले पन्च गरेर बचाए ।

एपीएफका लागि ३० औं मिनेटमा युवराज खड्काको हेडर पोस्टमा लाग्यो । श्याम नेपालीको क्रसमा खड्काको हेडरले गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो । पहिलो हाफको दुई मिनेट समय बाँकी रहँदा युवराजले अग्रता दोब्बर पारे । उनले एकल प्रयासमा पेनाल्टी क्षेत्र नजिकैबाट गोल गरेका थिए । पहिलो हाफमा एपीएफ २-० ले अगाडी रहयो ।

दोस्रो हाफमा सरस्वतीले खेलमा फर्कने संकेत दियो । सरस्वतीले ५५ औं मिनेटमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग गर्न सकेन । मनीष थापाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्केपछि गोलरक्षकले बचाउ गरे । ६९ औं मिनेटमा फेरी सरस्वती अभागी सावित भयो । भिक्टरको प्रहार पोस्टमा लागेर फर्कंदा रिबाउन्डमा विनोद केसीको प्रहारलाई गोलरक्षक अमृत चौधरीले बचाए ।

८१ औं मिनेटमा एपीएफका आशिष लामाले वन भर्सेस वनमा गोल गर्न सकेनन् । खेलको तीन मिनेट समय बाँकी रहँदा रुपबहादुर लामाले श्याम नेपालीको पासको सदुपयोग गर्दै गोल गरे । अन्तिम मिनेटमा एपीएफका युवराज खड्काले दिएको पासमा आशिष लामाको प्रहारलाई ओलुसोला इब्राहिमले गोललाइन नजिकबाट क्लिएर गरिदिए ।

यस जितसँगै एपीएफको ७ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक पुगेको छ । सरस्वती भने ७ खेलमा ६ अंकमा नै सिमित छ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.