default_image

6 years ago

December 10, 2018

‘अगुएरो र ब्रुएन नभएर हारेका होइनौं’ – ग्वार्डिओला

59 views

0 Bookmark

लन्डन (एजेन्सी)– दुई महत्वपूर्ण खेलाडी नभएकै कारण चेल्सीसँग पराजित भएको मान्न म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अस्वीकार गरेका छन् । प्रिमियर लिगमा सिटी शनिबार चेल्सीसँग २–० ले पराजित भएको थियो ।

चोटका कारण चेल्सीविरुद्ध नखेलेका सर्जियो अगुएरो र केभिन डी ब्रुएनबारे ग्वार्डिओलाले भने, ‘हामीले जति बेला खेल जित्छौं । त्यति बेला जो नखेले पनि कसैले सोध्दैनन् । चेल्सीसँगको हारअघि सिटी यो सिजन अपराजित रहेको थियो । शनिबारको हारपछि सिटी दोस्रो स्थानमा रहेको छ ।’

शनिबारको अर्को खेल जितेको लिभरपुल अंक तालिकाको शीर्षस्थानमा रहेको छ । स्पेनिस ग्वार्डिओला चेल्सीविरुद्ध गत सिजन भन्दा पनि टोलीले यो सिजन उच्च प्रदर्शन गरेको मान्छन् । त्यति बेला सिटीले चेल्सीलाई १–० ले हराएको थियो ।

‘कोहि नहुदा पनि यस्तो हुन्छ । जति बेला हामी जित्छौं, त्यति बेला को खेले वा खेलेनन् कसैले सोध्दैनन्, ‘ग्वार्डिओलाले भने, ‘हो हामी अगुएरो, ब्रुएन, बेन्जामिन मेन्डी वा अरु पनि खेलाउन चाहन्थे । तर, चेल्सीविरुद्ध टोलीले उच्च प्रदर्शन गर्यो । उनीहरु हुँदा हामी जित्थ्यौं भनेर कसैले ग्यारेन्टी गर्न सक्छ । कसलाई थाहा हुन्छ र ? ‘

उनले हारका वावजुद पनि टोलीको प्रदर्शनको प्रशंसा गरे । ‘गत सिजन भन्दा हामीले यो सिजन राम्रो खेल्यौं । तर गत सिजन ब्रुएनले बल पाए गोल गरे । खेल सकियो,’ ग्वार्डिओलाले थपे, ‘यसपटक हामीले केहि मौका गुमायौं । हामीले अर्को खेलमा सुधार गर्नुपर्नेछ । आउने फेब्रुअरीमा निकै कडा चुनौतिको सामना गर्नुपर्ने हुन्छ ।’

१६ चरणको खेलपछि ४२ अंकसहित लिभरपुल शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा रहेको सिटीको १ अंक कम छ ।

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

February 4, 2025

आयोजक सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]

February 4, 2025

लखन कपमा‌ आयोजकको जित

सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]

Success

Thank you for your time.