6 years ago
December 9, 2018
लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शनिबार बोर्नमाउथलाई ४–० ले हराउँदा ह्याट्रिक गरेका लिभरपुलका मोहम्मद सलाहले म्यान अफ दी म्याच अवार्ड लिन अस्वीकार गरेका छन् । उनले टोलीका जेम्स मिल्नरले प्रिमियर लिगमा कोसेढुंगा पार गरेको भन्दै उनलाई अवार्ड दिनु पर्ने बताएका थिए ।
लिभरपुलका लागि साहालले दोस्रो पटक ह्याट्रिक गरेका थिए । तर, मिल्नरले प्रिमियर लिगमा ५ सय खेल खेलेमा उनी त्यो अवार्डको बढी हकदार रहेको बताए ।
‘सबै गोलका भूमिका हुँदा खुसी लाग्छ । टोली शीर्षस्थानमा पुग्नु आफुले तीन गोल गर्नु गोल नखानु । हाम्रो आजको प्रदर्शन यहि हो । तर म यो भन्दा बढी चाहान्छु,’ सालाहले भने, ‘सबैले म बाट धेरै अपेक्षा राखेका छन् । तर मैले भन्दै आएको छु । हरेक खेल जित्नु र अंकतालिकाको शीर्षस्थानमा रहनु महत्वपूर्ण हुन्छ ।’
उनले मिल्नरलाई बधाई दिए । ‘उनको खेल जीवन साच्चै उत्कृष्ट रह्यो । आज उनी अवार्डका हदार हुन्,’ उनले थपे, ‘उनको खेल जीवन साच्चै उदाहरणीय छ । मलाई आशाासँग हामीसँगै केहि जित्ने छौं । तर यो अवार्ड म लिन्न ।’
लिभरपुल १६ खेलमा ४२ अंक बटुल्दै प्रिमियर लिगको शीर्षस्थानमा रहेको छ । गए राती नै म्यानचेस्टर सिटी चेल्सीसँग २–० ले पराजित भएपछि लिभपुल शीर्षस्थानमा यथावत रह्यो ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]