6 years ago
December 9, 2018
लेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरले लेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । टोटेनहमलाई जिताउन ह्युङ मिन सन र डेल अलीले गोल गरे ।
लेस्टरको मैदानमा किङ पावर स्टेडियममा भएको खेलमा टोटेनहमले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गर्दै खेलमा १–० को अग्रता बनाएको थियो । उनले सर्जि अरेरको पासलाई गोलमा परिणत गरेका थिए ।
५८औं मिनेटमा डेल अलीले ह्युङ मिन सनको पासलाई गोलमा परिणत गर्दै टोटेनहमलाई २–० को सहज जित दिलाए । घरेलु मैदानमा लेस्टरले केही अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । टोटेनहमले पनि केही मौका खेर फालेको थियो ।
जितपछि टोटेनहम ३६ अंक जोडेर लिगको तेस्रो स्थानमा यथावत छ । पराजित लेस्टर २२ अंक जोडेर नवौं स्थानमा छ । ४२ अंकसहित लिभरपुल लिगको शीर्ष स्थानमा रहँदा सिटी ४१ अंकसहित दोस्रो स्थानमा छ । ३४ अंक रहेको चेल्सी चौथोमा छ ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]