6 years ago
December 9, 2018
लन्डन (एजेन्सी) –लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई सिजनको पहिलो हार चखाएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–० ले पराजित गर्दै प्रिमियर लिगमा सिटीको अपराजित यात्रामा पुर्णविराम लगाएको हो ।
सिटी पछिल्लो १५ खेलमा १३ जित र २ बराबरीसँगै लिगमा अपराजित रहेको थियो । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीलाई हार चखाउन एनगोलो कान्टे र डेभिड लुइजले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली चेल्सीले ४५औं मिनेटमा एङ्गोलोको कान्टेको गोलबाट खेलमा अग्रता बनाएको थियो । कान्टेले इडेन हजार्डले पेनाल्टी बक्सभित्रबाट उपलब्ध गराएको पासलाई पेनाल्टी बक्सभित्रबाटै वान टचमा सुन्दर गोल गरेका थिए ।
चेल्सीले ७८औं मिनेटमा अग्रता दोब्बर पार्यो । इडेन हजार्डकै कर्नरमा डेभिड लुइजले हेडमार्फत सुन्दर गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोलका केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सीले खेल २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
सिटीले गोलका केही मौकाहरु सिर्जना गरेपनि चेल्सीको बलियो रक्षापङ्ति तोड्न नसक्दा लिगमा पहिलो हार बेहोर्न बाध्य बन्यो । जितपछि चेल्सी १६ खेलबाट ३४ अंक जोडेर तालिकाको चौथो स्थानमा यथावत छ । चेल्सीसँगको हारसँगै सिटीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । सिटीको १६ खेलबाट ४१ अंक छ ।
शनिबार राति नै एफसी बोर्नमाउथलाई ४–० ले पराजित गरेको लिभरपुल ४२ अंकसहति लिगको शीर्ष स्थानमा रहेको छ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]