6 years ago
December 8, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनलले हडर्सफिल्ड टाउनमाथि १–० को कठिन जित निकालेको छ ।
आर्सनलको घरेल मैदान इमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा लुकास टोरेराले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल नै आर्सनलको जितमा निर्णायक बन्यो । आर्सनलले खेलमा बल पोजेसन राखेपनि गोल गर्न निकै हम्मे परेको थियो ।
आर्सनलले गोलका केही मौकाहरु पाएपनि हडर्सफिल्डका गोलरक्षकले विफल पारिदिएका थिए । तर, लुकास टोरेराले ८३औं मिनेटमा गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । लुकासले पिएरे हेनरिक औबामेयाङको पासलाई ओभरहेड किकमार्फत गोलमा परिणत गरेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल १–० ले विजयी हुन सफल भयो । जितपछि आर्सनलले १६ खेलबाट ३४ अंक जोडेको छ । पराजित हडर्सफिल्ड १० अंकसहित १८औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा वेस्टह्यामले क्रिस्टल प्यालेसमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो । वेस्टह्यामले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।
जेम्स अर्थरले गोल गरेपछि वेस्टह्याम खेलको छैटौ मिनेटमा पछि परेको थियो । पहिलो हाफसम्म १–० ले पछि रहेको वेस्टह्यामले दोस्रो हाफको सुरुमै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । वेस्टह्यामका रोबर्ट स्नोडग्रासले बराबरी गोल गरेका थिए ।
६२औं मिनेटमा जेभियर हर्नान्डेजले गोल गरेपछि वेस्टह्यामले खेलमा २–१ को अग्रता लिन सफल भयो । त्यसको तीन मिनेट पछि नै फिलिपे एन्डरसनले गोल गरेपछि वेस्टह्यामले खेलमा ३–१ को अग्रता बनायो ।
७६औं मिनेटमा प्यालेसका जेफ्री स्कुलुपले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा वेस्टह्याम ३–२ गोल अन्तरले विजयी हुन सफल भयो । जितपछि वेस्टह्याम २१ अंक जोडेर १०औं स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १२ अंकसहित १६औं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अन्य खेलमा बर्नली र कार्डिफले समान १–० को जित निकालेका छन् । बर्नली ब्राइटनमाथि तथा कार्डिफले साउथह्याम्पटनमाथि समान १–० को जित निकालेको हो ।
March 13, 2025
सुशील पन्त क्षेत्री,चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगिता यसै साता सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ३ गतेदेखि ९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । प्रतियोगितामा एपिएफ फुटबल […]
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]