default_image

6 years ago

December 8, 2018

फुलहममाथि युनाइटेडको फराकिलो जित

83 views

0 Bookmark

ओल्ड ट्राफोर्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा युनाइटेडले १० खेलाडीमा समेटिएको फुलहममाथि ४–१ को फराकिलो जित निकालेको हो ।


घरेलु मैदानमा युनाइटेडलाई फराकिलो जित दिलाउन एस्ले योङ, हुवान माटा, रोमेलु लुकाकु र मार्कस रासफोर्डले गोल गरे । पराजित टिमका लागि अवौबाकर कामराले एक गोल फर्काए ।

युनाइटेडले खेलको १३औं मिनेटमा एस्ले योङको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले मार्कस रासफोर्डको पासलाई सदुपयोग गरेका थिए । मार्कसकै पासमा हुवान माटाले २८औं मिनेटमा गोल गरेपछि युनाइटेडले खेलमा २–० को अग्रता बनायो ।

४२औं मिनेटमा हुवान माटाको पासमा रोमेलु लुकाकुले गोल गरेपछि युनाइटेडले फुलहममाथि पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।

पहिलो हाफमा ३ गोल गर्न सफल भएको युनाइटेडले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खान पुग्यो । ६७औं मिनेटमा एन्डर हेरेराले पेनाल्टी क्षेत्रमा अवौबाकरलाई फल गरेपछि फुलहमले पेनाल्टी पाएको थियो । जसलाई उनी आफैले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएका थिए ।

एक गोल फर्काएलगत्तै फुलहम १० खेलाडीमा समेटियो । आन्द्रे अंगुइसा दोहोरो पहेलो काड खादै मैदानबाट बाहिरिएको थियो । ८२औं मिनेटमा मार्कस रासफोर्डले गोल गरेपछि युनाइटेडले फुलहममाथि ४–१ को फराकिलो जित निकाल्यो ।

जितपछि युनाइटेड १६ खेलबाट २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित फुलहम ९ अंकसहित पुछारमा छ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.