6 years ago
December 8, 2018
म्युनिख (एजेन्सी) –बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको डर्टमन्डले साल्केलाई २–१ ले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रालाई लम्ब्याएको हो ।
साल्केको मैदानमा भएको खेलमा डर्टमन्डलाई जिताउन थोमस डिलाने र जाडन सान्चोले गोल गरे । घरेलु टोलीका लागि ड्यानियल कालिग्रीले एक गोल फर्काए । डर्टमन्डले खेलको सातौ मिनेटमा थोमस डिलानेको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले मार्काे रिउसको पासलाई गोलमा परिणत गरेका थिए । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा डर्टमन्डले १–० को अग्रता बनाएको थियो ।
६१औं मिनेटमा साल्केले बराबरी गोल फर्कायो । ५७औं मिनेटमा मार्काे रिउसले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई लडाएपछि साल्केले पेनाल्टीका अपिल गरेको थियो । रेफ्रीले भिएआरको सहायता लिदा खेल करिब ५ मिनेट रोकिएको थियो । अन्तत रेफ्रीले साल्केलाई पेनाल्टीको मौका दिए । जसलाई ड्यानियल कालीजिरी ६१औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ७४औं मिनेटमा जेडन सान्चोले गोल गर्दै डर्टमन्डलाई २–१ को जित दिलाए ।
जितपछि डर्टमनन्ड १४ खेलबाट ११ जित र ३ बराबरीको नतिजासहति ३६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । जुन दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको भन्दा ९ अंकले बढी हो । साल्के १४ अंक जोडेर १३औं स्थानमा छ ।
शनिबार राति नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले नुर्नबर्गलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदान एलिनाज एरिनमा बायर्नलाई सहज दिलाउन रोवर्ट लेवान्डोस्कीले २ तथा फ्रान्क रिवेरी एक गोल गरे ।
जितपछि बायर्न २७ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । नुर्नबर्ग ११ अंकसहित रेलिगेसनको जोनको १६औं स्थानमा छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]