default_image

6 years ago

December 8, 2018

प्रिमियर लिगमा आज ८ खेल, चेल्सी र म्यानचेस्टर सिटी खेल्दै

76 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल नेपाली समय अनुसार स्टामफोर्ड ब्रिजमा राति ११ः१५ बजे सुरु हुँदैछ ।

घरेलु मैदानमा चेल्सी सिटीलाई प्रिमियर लिगमा पहिलो हार चखाउने योजनामा मैदान उत्रनेछ । यो सिजन प्रिमियर लिगमा दुई खेलमाह हार बेहोरेको चेल्सी ३१ अंक जोडेर लिगको चौथो स्थानमा रहेको छ । प्रिमियर लिगमा अपराजित रहेको सिटीको १५ खेलबाट ४१ अंक छ ।

प्रिमियर लिगमै बिहिबार वल्भ्ससँग २–१ ले स्तब्ध भएको चेल्सी उक्त हारलाई बिर्सदै सिटीलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । चेल्सीसँग इडेन हजार्ड, विलियन, एङगोलो कान्टे र जर्जिन्होजस्ता स्तरीय खेलाडीहरु रहेका छन् । स्टामफोर्ड ब्रिजमा सिटी विरुद्ध चेल्सी हावी नै छ । तर, अघिल्लो सिजन चेल्सी सिटीसँग दुवै खेलमा पराजित भएको थियो ।

यता, सिटी चेल्सीलाई उसकै मैदानमा स्तब्ध पार्दै आफ्नो अपराजित यात्रालाई अझै लम्ब्याउने योजनामा मैदान उत्रनेछ । तर, सिटीलाई स्ट्राइकर सर्जियो अगुएरो र मिडफिल्डर केभिन डि ब्रुएनको अभाव हुनेछ । मांशपेसीमा समस्यापछि अग्विरो पछिल्लो दुई खेलमा मैदान बाहिर छन् । केभिन केही महिना यता चोटका कारण विश्राममा छन् ।

तर, सिटीसँग अग्रपङ्तिमा लिरोए साने, रहिम स्ट्रलिङ, रियाद महारेज र गाब्रियल जेससजस्ता खेलाडीहरु छन् । उनीहरुले जुनसुकै बेला पनि नतिजा आफ्नो पक्षमा पार्न सक्छन् । सिटी पछिल्ला १४ अवे खेलमा अपराजित रहेको छ । जसमा ११ जित र ३ बराबरीको नतिजा रहेको छ ।

प्रिमियर लिगमा अन्य खेलहरु :

बर्नमाउथ विरुद्ध लिभरपुल (साँझ ६ः१५ बजे)

आर्सनल विरुद्ध हडर्सफिल्ड (राति ८ः४५ बजे)

बर्नली विरुद्ध ब्राइटन (राति ८ः४५ बजे)

कार्डिफ विरुद्ध साउथह्याम्पटन (राति ८ः४५ बजे)

म्यानचेस्टर युनाइटेड विरुद्ध फुलहम (राति ८ः४५ बजे)

वेस्टह्याम विरुद्ध क्रिस्टल प्यालेस (राति ८ः४५ बजे)

लेस्टर सिटी विरुद्ध टोटेनहम (आइतबार बिहान १ः३० बजे)

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.