6 years ago
December 8, 2018
एजेन्सी – मारियो मान्जुकिचले दोस्रो हाफमा गरेको निर्णायक गोलको मदतले युभेन्ट्सले शुक्रबार इटालियन सिरी ए को खेलमा इन्टर मिलानलाई १-० ले पराजित गरेको छ ।
खेलको ६६ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रसमा हेडरमार्फत गोल गर्दै मान्जुकिचले युभेन्ट्सलाई महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । यससँगै युभेन्ट्सले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ । शनिबार नेपोलीले आफ्नो खेलमा जित दर्ता गरे यो अग्रता ८ अंकमा झर्नेछ । नेपोलीले शनिबार फ्रोसिनोनेको सामना गर्दैछ ।
खेलको पहिलो हाफमा रोबर्टो जिलार्डीनोको प्रहार पोस्टमा लागेर फर्कंदा इन्टर अग्रता लिनबाट चुकेको थियो । त्यसअघि ब्लेस माटुइडीको गल्तीमा माटियो पोलीटानोले पाएको अवसर सदुपयोग गर्न नसक्दा युभेन्ट्स भाग्यमानी सावित भएको थियो ।
डर्बी डे इटालीयाको नाम पाएको यस खेलमा युभेको जितसँगै अपराजित सुरुवातको कीर्तिमान पनि बराबरी भएको छ । १५ खेलमा १४ जित र १ बराबरीसँगै युभेले ४३ अंक जोडेको छ । युरोपको शीर्ष ५ लिगमा यो नै उत्कृष्ट सुरुवात हो । यसै सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १५ खेलमा ४३ अंक जोड्दै कीर्तिमान बनाएको थियो ।
पराजयले इन्टरलाई भने तेस्रो स्थानमा नै कायम राखेको छ । इन्टर अंक तालिकामा युभेन्ट्सभन्दा १४ अंकले पछाडी छ । इन्टरले खेलमा अग्रता कायम गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा युभेट्सको अपराजित यात्रा कायम रहयो । अन्तिम मिनेटमा लौटारो मार्टिनेजले क्यान्सेलोको गल्तीमा अवसर पाएपनि त्यसको फाइदा उठाउन सकेनन् ।
युभेन्ट्सले पछिल्लो सात सिजन लिग उपाधिमा कब्जा गरेको छ । यस सिजन लिगको कुनै खेलमा पराजित नभएको युभेले घरेलु मैदानमा विगत ७ महिनादेखि पराजय भोगेको छैन । क्रिस्टियानो रोनाल्डोको आगमनले टोलीको आक्रमणमा थप टेवा पुगेको छ । युभेले १५ खेलमा ३२ गोल गर्दै ८ गोल खाएको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]