6 years ago
December 8, 2018
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेयता रियल म्याड्रिडमा पूरा असर देखिएको छ । युरोपियन गोल्डेन बुट अवार्डमा रियलका अहिलेका खेलाडी २ सय ३२ औं स्थानमा रहनुले पनि रोनाल्डो नहुँदाको असर बुझ्न सकिन्छ ।
रियलका खेलाडी भन्दा २ सय ३२ खेलाडी अवार्डको सुचिमा आगाडि रहेका छन् । केरिम बेन्जिमा रियलका अहिलेका उच्च गोलकर्ता हुन् । उनले ला लिगामा यो सिजन ५ गोल गरेका छन् । अन्य खेलाडीका साथ बेन्जिमा २ सय ३३ औं स्थानमा रहेका छन् ।
त्यति मात्र होइन रियलका लागि दोस्रो सर्वाधिक गोल कर्ता रक्षक सर्जियो रामोस अन्य ४ खेलाडीका साथ रहेका छन् । यसबाट पनि रियलमा स्ट्राइकरको समस्या अनुमान गर्न सकिन्छ । रियलले यो सिजन एकदमै खराब सुरुवात गरेको छ । जसमा एल क्लासिकोमा पनि टोली बार्सिलानासँग पराजित भइसकेको छ ।
जुलेन लोपेटेगुईको बर्खास्ती पछि सान्टियागो सोलारीलाई रियलले प्रशिक्षक नियुक्त गरेका छ । त्यसपछि टोली लयमा फर्कने कोसिसमा छ । रोनाल्डोविना रियल निकै कमजोर देखिएको छ । अहिले रियल ला लिगाको पाँचौं स्थानमा रहेको छ । लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाको भन्दा रियलको ५ अंक कम छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]