6 years ago
December 8, 2018
म्यानचेस्टर (एजेन्सी)– चेल्सीविरुद्ध शनिबार प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीसँग दुई मुख्य सर्जियो अगुएरो र केभिन डी ब्रुयन टोलीमा हुने छैनन् । चोटका कारण अगुएरोले पछिल्लो दुई खेल गुमाएका थिए ।
मांशपेशीको समस्याबाट ग्रुजिरहेका उनी शनिबार चेल्सीविरुद्धको खेलका लागि फिट नरहेको बताइएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उनी शनिबारको खेलका लागि तयार नभएको बताएका छन् । प्रिमियर लिग साविक विजेता टोलीका अर्का सदस्य ब्रुयन घुँडाको चोटका कारण मैदान बाहिर रहँदै आएको छ ।
‘दुवै खेलाडी भोली खेल्ने छैनन् ,’ यसअघि दुवै खेलाडी चाँडै मैदान फर्कने विश्वास गरेका ग्वार्डिओलले भने, ‘स्टामफोर्ड ब्रिजमा सधै कठिन हुने गर्दछ । म त्यहाँ धेरै पटक गएको छु र एक पटक मात्र जितेको छु । सामान्यता मैले हारेको छु ।’ उनले चेल्सीको तारिफ गरेका छन्।
सिटी जारी प्रिमियर लिगम अपराजित रहँदै आएको छ । ‘अविजितका विषयमा म धेरै सोच्दिन । त्यो मेरो लागि महत्वपूर्ण होइन,’ उनले भने, ‘हामीले हरेक दिन एकरुपताको प्रदर्शन गरेका छौं । यो सामान्य प्रदर्शन होइन ।’
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]