6 years ago
December 7, 2018
एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जो गोमेज ६ साता मैदान बाहिर रहने भएको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति बर्नलीमाथि ३–१ को जित निकालेको खेलमा जोए गोमेज घाइते हुदै मैदानबाट बाहिरिएका थिए ।
जोए बर्नलीका विन मिको गम्भीर ट्याकलमा परेपछि खेलको २३औं मिनेटमा नै मैदानबाट बाहिरिनु परेको थियो । उनले बाँया खुट्टाको एंकलमा चोट बोकेको थियो । उनको बिहिबार स्पाइर अस्ततालमा उपचार भएको थियो ।
यससँगै जोए करिव ६ साता मैदान बाहिर रहने पक्का भएको क्लबले जनाएको छ । उनले कम्तीमा पनि १० खेल गुमाउने पक्का छ । उनी खेलमा कहिले फर्कने भन्ने उनको उपचारमा भर पर्ने क्लबले जनाएको छ ।
इंग्ल्यान्डका २१ वर्षीय जोए म्यानचेस्टर युनाइटेड, आर्सनल, म्यानचेस्टर सिटी र च्याम्पियन्स लिगको नेपोलीविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने छन् ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]