6 years ago
December 6, 2018
रियो (एजेन्सी)– ब्राजिलियन महान खेलाडी पेलेको नजरमा लिओनेल मेसीभन्दा डिएगो म्यारोडोना उत्कृष्ट खेलाडी हुन् । पेलेको बुझाईमा मेसी बार्सिलोनाका उनका पूर्व सहकर्मी जाभी र आन्द्रेस इनियस्टाका कारण इतिहासका उत्कृष्ट खेलाडी बनेका हुन् । पेलेले म्यारोडोना उत्कृष्ट मध्येका एक भएको बताए । उनले बार्सिलोनाका मेसीसँग बायाँ खुट्टाको एउटा मात्र स्किल रहेको बताउँछन् ।
एउटा पत्रिकालाई दिएको अन्तवार्तामा पेलेले जाभी र इनियस्टा जस्ता खेलाडीको सहयोगमा मेसी नम्बर एक खेलाडी भनेका हुन् । उनले भने, ‘एउटा सम्पूर्ण खेलाडी र एउटा मात्र स्किलमा फरक पर्दछ । दायाँ बायाँ दुवै खुट्टा चलाउने, राम्रो हेड गर्ने खेलाडी र एउटा खुट्टा चलाउने हेड पनि राम्रो गर्न नसक्नेको तुलना हुन सक्दैन ।’
पेलेको नजरमा फेन्च बेकनबाउर र योहान क्राएफ पनि राम्रा खेलाडी हुन् । पलेले पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पे भन्दा ब्राजिलयन नेयमार उत्कृष्ट खेलाडी भएको बताएका छन् । यहि साता रियल म्याड्रिडका लुका मोड्रिचले ब्यालोन डी ओर अवार्ड जित्दा विश्व कप विजेता फ्रान्सका एमबाप्पले चौथो स्थानमा रहेका थिए ।
स्वास्थ्यका कारण ७८ वर्षे पलेले रसिया विश्व कप हेर्न पाएनन् । अझै पनि उनले आराम गर्नुपर्नेछ । उनले आफु अर्को विश्व कप जान चाहेको बताएका छन् । म्यारोडोनाले पनि वर्षको सुरुवातामा मेसीको आलोचन गरेका थिए ।
राष्ट्रिय टोलीलाई आवश्यकता पर्दा मेसीले उच्च प्रदर्शन गर्न नसक्ने भन्दै समर्थकबाट पनि आलोचन हुने गरेका छ । जबकी म्यारोडोनाले देशका लागि विश्व कप जितेका छन् ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]