default_image

6 years ago

December 7, 2018

नेयमारको प्रिमियर लिग खेल्ने चाहना

82 views

0 Bookmark

पेरिस (एजेन्सी)– ब्राजिल र पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले भविष्यमा कुनै बेला प्रिमियर लिग खेल्न सक्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हरेक उत्कृष्ट खेलाडी कम्तिमा एक दिन प्रिमियर लिग खेल्नु पर्दछ ।’

बार्सिलोनाबाट गत वर्ष विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी जानुअघि नेयमार प्रिमियर लिग टोली जाने चर्चा चलेको थियो । २६ वर्षे स्टारलाई भित्राउन म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले चासो देखाएका थिए । तर, फ्रान्सेली क्लब पिएसजी ५ वर्षका लागि उनीसँग सम्झौता गर्न सफल भएको थियो ।

सिटीका फुलब्याक बेन्जामिन मेन्डीले के तिमि कुनै दिन इग्ल्यान्डमा फुटबल खेल्छौं भन्दै युट्यूवमार्फत नेयमारलाई सोधेका थिए । त्यसमा नेयमारको जवाफ छ, ‘ यो विश्वको उत्कृष्ट फुटबल मध्येको एक हो । यो ठूलो प्रतियोगिता हो । भोलीको बारेमा मर्ला थाहा छैन । तर हरेक उत्कृष्ट खेलाडीले कम्तिमा एक दिन प्रिमियर लिग खेल्नुपर्दछ ।’

नेयमारले मेन्डीलाई अगाडि भनेका छन्, ‘ यदि तिमि त्यहाँ खेलिरहेका छौं भने मलाई विश्वास छ तिमि प्रिमियर लिगमा रमाई रहेका छौं । तिमि उत्कृष्ट खेलाडीको हकदार हौं । बधाई छ ।’

बार्सिलोनाबाट पिएसजी पुगेयता नेयमार उच्च फर्ममा छन् । उनले ४८ खेलमा ४३ गोल गरिसकेका छन् । गत सिजन उनी उत्कृष्ट लिग १ खेलाडी घोषित भए । यद्दपी चोटका कारण उनले गत सिजन पुरा लिग खेल्न सकेनन् ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.