default_image

6 years ago

December 6, 2018

आर्मीलाई आक्रमणमा समस्या, मछिन्द्र पहिलो गोलको खोजीमा

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबले एनआईबीएल फ्रेन्ड्स क्लबको सामना गर्दैछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लब भिड्नेछन् ।

त्रिभुवन आर्मी क्लबले पल्सर ए डिभिजन लिगमा पछिल्लो समय सुखद नतिजा हात पार्दै आएको छ । पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) सँग २-२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार ४ खेलमा जित हात पारेको छ । पहिलो खेलमा राष्ट्रिय टोलीका तीन फरवार्ड, कप्तान भरत खवास, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्कीको साथ पाएको आर्मीले आज हुने फ्रेन्ड्सविरुद्धको खेलमा तीनै खेलाडीको साथ नपाउने सम्भावना रहेको छ ।

पहिलो खेलपछि जर्जप्रिन्स आर्मीको सैन्य प्रशिक्षणका लागि बाहिर छन् । नवयुग पनि दोस्रो खेलपछि कुर्कुच्चामा चोट बोक्दै पछिल्लो तीन खेलमा सहभागी रहेका छैनन् । पछिल्लो खेलमा लिगको दोस्रो पहेंलो कार्ड पाएपछि कप्तान भरत खवास पनि फ्रेन्ड्सविरुद्ध उपलब्ध रहने छैनन् ।

त्यसो त युवा फरवार्ड दिनेश हेन्जनले पनि फरवार्डको भूमिका निर्वाह गर्न सक्छन । तर उनले स्वभाविक लय समात्न सकिरहेका छैनन् । बेन्चमा रहेका राजीव गुरुङ र दिप लामासँगै टेकबहादुर बुढाथोकी पनि उक्त पोजिसनमा खेल्न दावेदार हुन् । आर्मीले लिगको ५ खेलमा ११ गोल गरिसकेको छ । फ्रेन्ड्सले पनि ५ खेलमा ७ गोल गरेको छ ।

आर्मी फ्रेन्ड्सविरुद्ध खेलमा जित दर्ता गर्दै शीर्ष स्थानको मनाङसँगको अग्रता २ अंकमा झार्ने प्रयासमा हुनेछ । मनाङले ६ खेलमा शत प्रतिशत जितसहित १८ अंक जोडेको छ । आर्मीले भने ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंकमा छ । फ्रेन्ड्सले पछिल्लो दुई खेलमा १ जित र १ बराबरीसँगै लिगमा ४ अंक जोडेको छ । त्यसलाई निरन्तरता दिँदै टोली अंक तालिकामा उकालो लाग्ने प्रयासमा हुनेछ ।

दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । ब्रिगेड ब्वाइज ३ अंक जोड्दै १२ औं स्थानमा छ भने २ अंक बोकेको मछिन्द्र पुछारबाट दोस्रो स्थानमा छ । पहिलो जितको खोजीमा रहेको मछिन्द्रले अहिलेसम्म गोल गर्न सकेको छैन । मछिन्द्र लिगमा गोल गर्न नसक्ने एकमात्र टोली हो ।

अंक तालिका :

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.