default_image

6 years ago

December 6, 2018

टोटेनहम तेस्रो स्थानमा उक्लियो

60 views

0 Bookmark

वेम्वली (एजेन्सी) – टोटेनहम हस्टपरले साउथह्यमाम्टनमाथि सहज जित निकाल्दै इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो स्थानमा उक्लिएको छ ।


टोेटेनहमले चेल्सीलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लन सफल भएको हो । चेल्सी वल्भ्ससँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा टोटेनहमले शीर्ष तीनमा उक्लिन सफल भएको हो । टोटेनहमको १५ खेलबाट ३३ अंक पुगेको छ । चेल्सीको ३१ अंक छ । साउथह्याम्पटनको १५ खेलबाट ९ अंकसहित १८औं स्थानमा छ ।


वेम्वली मैदानमा भएको खेलमा घरेलु टोलीलाई सहज जित दिलाउन ह्यारी केन, लुकास मौरा र ह्युङ मिन सनले गोल गरे । पराजित टिमका लागि चार्ली अस्टिनले सान्तवना गोल फर्काए ।

ह्यारी केनको गोलबाट टोटेनहमले खेलको नवौं मिनेटमा अग्रता बनाएको थियो । केनले क्रिस्टियन इरिक्सनको पासलाई सदुपयोग गरेको थियो । पहिलो हाफमा १–० ले अघि रहेको टोटेनहमले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खायो ।


५१औं मिनेटमा लुकास मौराले गोल गर्दै अग्रता दोब्बर पारे । ५५औं मिनेटमा ह्युङ मिन सनले ह्यारी केनको पासलाई गोलमा परिणत गरेपछि टोटेनहमले ३–० को आरामदायी अग्रता बनायो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा चार्ली एस्टिनले साउथह्याम्पटनका लागि सान्तवना गोल फर्काए ।

प्रिमियर लिगका अन्य खेलका नतिजा:

बर्नली विरुद्ध लिभरपुल (१–)

एभर्टन विरुद्ध न्यु क्यासल (१–१)

फुलहम विरुद्ध लेस्टर सिटी (१–१)

वल्भ्स विरुद्ध चेल्सी (–१)

म्यानचेस्टर युनाइटेड विरुद्ध आर्सनल (२–२)

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.