default_image

6 years ago

December 6, 2018

काभानीले पीएसजीलाई हारबाट जोगाए

54 views

0 Bookmark

स्टार्सवर्ग (एजेन्सी) – एडिन्सन काभानीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा हारबाट जोगिएको छ ।


लिग वान अन्तरगत बुधबार राति भएको खेलमा काभनीकै गोल मद्दतमा पीएसजी स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेलेको हो । स्टार्सवर्गको मैदानमा बुधबार राति भएको खेलमा पीएसजी पहिलो हाफमा १–० ले पछि परेको थियो । ४१औं मिनेटमा केन्नी लालाले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

लालाले प्रहार गरेको बलमा केहररले ह्यान्ड गरेपछि स्टार्सवर्गले भिएआर मार्फत पेनाल्टीको अपिल गरेको थियो । रेफ्रीले भारकै माध्यमबाट स्टार्सवर्गलाई पेनाल्टीको मौका दिएका थिए । जसमा लाला चुकेनन् ।

पहिलो हाफमा १–० ले पछि परेको पीएसजीले ७१औं मिनेटमा पेनाल्टीमार्फत नै बराबरी गोल फर्कायो । लालाले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसलाई इडिन्सन काभानीले सहजै गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

बराबरीपछि लिग वानमा अपराजित रहेको पीएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ । जुन दोस्रो स्थानको लिलेको भन्दा १४ अंकले बढी हो । स्टार्सवर्ग २२ अंकसहित नवौं स्थानमा छ ।

February 4, 2025

पुलिस आहा रारा पोखरा गोल्डकपको‌ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार […]

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

Success

Thank you for your time.