default_image

6 years ago

December 6, 2018

लिओनेसालाई हराउँदै बार्सिलोना अन्तिम १६ मा

57 views

0 Bookmark

एजेन्सी – दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राती दोस्रो रोजाइको खेलाडी उतारेको बार्सिलोनाले घरेलु मैदानमा ४-१ को जित निकालेको हो । यससँगै प्रतियोगिताको साविक विजेता बार्सिलोना समग्रमा ५-१ ले विजयी हुँदै दोस्रो चरणमा पुगेको छ । बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल गरे । उनलाई विङ्गरद्वय माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरेर साथ दिए ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले यस खेलका लागि नियमित टोलीका नेल्सन सेमेडो र इभान राकीटिचलाई मात्र सुरुवाती रोजाइमा राखेका थिए । राकीटिचले सिजनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा तीन असिस्ट दिए । उनले मुनिरले गरेको पहिलो गोलका लागि सुआरेजसँग सुन्दर वन टु पास खेल्दै अन्तिम पास मिलाएका थिए । मुनिरले १८ औं मिनेटमा आकर्षक फिनिस गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

बार्सिलोनाको दोस्रो गोलमा पनि राकीटिचकै असिस्ट रहयो । २६ औं मिनेटमा उनले दिएको पासलाई डेनिस सुआरेजले शक्तिशाली प्रहार गर्दै गोलरक्षकलाई बचाउने कुनै मौका दिएनन् । पहिलो हाफ सकिनुअघि नै बार्सिलोना ३-० ले अगाडी भयो । ४३ औं मिनेटमा राकीटिचको क्रसमा माल्कमले हेडरमार्फत गोल गर्दै ३-० को अग्रता दिलाए । दोस्रो हाफमा भने प्रशिक्षक भालभेर्डेले राकीटिचको स्थानमा बुस्केट्सलाई मैदानमा उतारे ।

लिओनेसाले ५४ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने आशा जगायो । बार्साका गोलरक्षक जास्पर सिलेसनले जोर्गे ओरित्जको लामो प्रहार बचाएपनि रिबाउन्डमा जोसे म्यानुएलले दिएको क्रसमा सेनेले गोल गर्दै अग्रता घटाए । ७० औं मिनेटमा बार्सिलोनाका लागि सुआरेजले पुन गोल गर्दै खेलमा ३ गोलको अग्रता कायम गरे ।

बार्सिलोनाले पहिलो लेगको खेल १-० ले जितेको थियो । यस नतिजासँगै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ । लगातार पाँचौपटक उपाधि जित्ने सुरमा रहेको बार्सिलोनाले अब लिगमा शनिबार एस्पान्योलसँग खेल्नेछ ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.