default_image

6 years ago

December 6, 2018

बर्नलीको मैदानमा लिभरपुलको पुनरागमन जित

62 views

0 Bookmark

बर्नली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई पराजित गरेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–१ ले पराजित गरेको हो ।


बर्नलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । लिभरपुलको जितमा जेम्स मिल्नर, रोबर्टाे फिर्मिनो र जरदान शाकिरीले गोल गरे । घरेलु टोलीका ज्याक कर्कले एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा कुनै गोल हुन सकेको थिए । तर, ५४औं मिनेटमा घरेलु टोलीका ज्याक कर्कले गोल गर्दा लिभरपुल खेलमा पछि परेको थियो । एक गोलले पछि परेपछि लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गर्न सफल भयो ।

६२औं मिनेटमा डिभोक ओरिजीको पासमा जेम्स मिल्नरले गोल गर्दै लिभरपुललाई खेलमा बराबरीमा ल्याएका थिए । ६९औं मिनेटमा भर्जिल भान डाइकको पासमा रोबर्टाे फिर्मिनोले गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो । जित नजिक पुगेको लिभरपुलका लागि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मोहम्मद सलाहको पासमा जरदान शाकिरीले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी २ मा झारेको छ । अपराजित रहेको लिभरपुलको १५ खेलबाट ३९ अंक छ । शीर्ष स्थानको सिटीको ४१ अंक छ । लिभरपुलसँग पराजित बर्नली ९ अंकसहित रेलिगेसन क्षेत्रको १९औं स्थानमा छ ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.