default_image

10 years ago

August 30, 2015

नवनियुक्त प्रशिक्षक प्याट्रिक सहित यु१९ टोलीका चार सदस्य भारत प्रस्थान

115 views

0 Bookmark

भारतविरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुन २५ सदस्यीय टोलीका बाँकि चार खेलाडी भारत प्रस्थान गरेका छन्|

नवनियुक्त प्रशिक्षक प्याट्रिक सहित यु१९ टोलीका चार सदस्य भारत प्रस्थान

नवनियुक्त प्रशिक्षक प्याट्रिक सहित यु१९ टोलीका चार सदस्य भारत प्रस्थान

यु१९ टोलीका कप्तान विमल घर्ती मगर, अन्जन विष्ट, अनन्त तामाङ्ग र विश्वास श्रेष्ठ भोली हुने भारतसंगको मैत्रिपुर्ण खेलमा भाग लिन पुणे जान लागेका हुन्| नवनियुक्त प्रशिक्षक प्याट्रिक ओसेम्स पनि खेल हेर्नका लागि आजै पुणे जाँदैछन्| ध्रुव केसीको प्रशिक्षकत्वमा विगत दुई महिनादेखि अभ्यासरत टोली भाद्र १४ गते भारतसंग मैत्रीपुर्ण खेल खेल्दै छ| डिसेम्बर महिनामा हुने साफ च्याम्पिएनसिपको तयारीको रुपमा लिइएको यस खेलपछि बेल्जिएन प्रशिक्षकले आफ्नो कार्यभार सम्हाल्नेछन्| नेपाल र भारतबिचको खेल पुणेको बालेवादि रंगशालामा साँझ सात बजे सुरु हुनेछ|

April 2, 2025

तनावपूर्ण खेलमा ललितपुर विजयी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ। तनावपूर्ण खेलमा आज ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले हरायो। पोखराको यो लगातार दोस्रो हार हो। दशरथ रंगशालामा भएको खेलमा ललितपरले ११ औं मिनेटमा नै अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोलकिपर गिलामो […]

April 2, 2025

पहिलो हाफमा ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा ललितपुरले २-१ को अग्रता बनाएको छ। दशरथ रंगशालामा भएको खेलमा साविक विजेता ललितपरले ११औं मिनेटमा अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोल किपर गिलामो प्रिसोलाई डिफलेक्ट हुँदै […]

April 2, 2025

प्लानिङ ब्वाइज र वीरगन्ज युनाइटेड विजयी

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बुधबार प्लानिङ ब्वाइज युनाइटेड र वीरगन्ज युनाइटेडले जित दर्ता गरेका छन् । प्लानिङ ब्वाइजले लिगमा लगातार चौथो जित निकाल्ने क्रममा ब्वाइज युनियन क्लबलाई २-१ ले हराएको हो । खेलको १२ औं मिनेटमा प्लानिङ ब्वाइजले पहिले अग्रता बनायो । पुजन थापाको पासमा प्रताप सिंहले बक्स बाहिरबाट […]

Success

Thank you for your time.