default_image

6 years ago

December 5, 2018

रुस्लान थ्री स्टार लगातार जितसँगै दोस्रो स्थानमा उक्लियो

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछाडी पारेको स्थितिलाई उल्टाउँदै रुस्लान थ्री स्टारले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा निराजन खड्का र रञ्‍जित धिमालले १-१ गोल गरे ।

सरस्वतीले तेस्रो मिनेटमा नै पेनाल्टीमार्फत अग्रता लिएको थियो । फ्रान्सिस ओनेमाको प्रहार पेनाल्टी क्षेत्रभित्र पिटर सगुनको हातमा लाग्दा रेफ्रीले पेनाल्टी दिएका थिए । भिक्टर अमोबीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १-० को अग्रता दिलाए ।

थ्री स्टारले १६ औं मिनेटमा नै गोल फर्कायो । अनिल गुरुङको प्रहार सरस्वतीको डिफेन्डरको हातमा लागेपछि थ्री स्टारले बराबरीको मौका पाएको थियो । रञ्‍जित धिमालले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

२८ अौं मिनेटमा मनीष थापाले झण्डै ३० यार्डमा टाढाबाट गरेको प्रहार क्रसबारको माथिल्लो भागमा लागेर बाहिरिँदा सरस्वती अभागी सावित भयो । ३५ अौं मिनेटमा थ्री स्टारले अग्रता लियो । रन्जन विष्टले दायाँ विङबाट दिएको लो क्रसमा निराजन खड्काले ६ यार्ड बक्सभित्र डाइभिङ हेडरमा गोल गरे ।

दोस्रो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न भने सकेनन् । ७५ औं मिनेटमा तिर्थ बस्नेतले अफसाइड ट्रयाप बिट गर्दै लागेको बलमा पिटर सगुनले ६ यार्ड बक्सनजिक उत्कृष्ट स्लाइड ट्याकल गर्दा सरस्वतीले बराबरी गर्ने मौका गुमाएको थियो ।  मिक्छेन तामाङले ८० औं मिनेटमा गरेको प्रहार प्रदीप भण्डारीले उत्कृष्ट बचाउ गरे ।

इन्ज्युरी समयमा थ्री स्टारले दुई सुवर्ण अवसर गुमायो । पहिलो मिनेटमा सुनील बलको शक्तिशाली प्रहार क्रसबारको भित्रि भागमा लागेर फर्कंदा रिबाउन्डमा अनिल गुरुङले गोल गर्न सकेनन् । लगत्तै रञ्‍जित धिमालले पेनाल्टी क्षेत्रभित्र गरेको क्रसमा गोलरक्षक बिट भएपनि अनिलको डाइभीङ प्रयास खेर गयो ।

यस जितसँगै थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ६ खेलमा ५ जित र १ हारसँगै १५ अंक जोडेको छ । तेस्रो खेलमा मनाङसँग पराजित भएपछि थ्री स्टारको यो लगातार तेस्रो जित हो । लगातार पराजय भोगेको सरस्वती भने अंक तालिकामा नवौं स्थानमा पुगेको छ । सरस्वतीले ६ खेलमा २ जित सहित ६ अंक जोडेको छ ।

अंक तालिका:

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.