default_image

6 years ago

December 5, 2018

इब्राहिमोभिच मिलान फर्कने सम्भावना !

69 views

0 Bookmark

मिलान (एजेन्सी)– स्विडिस सुपर स्टार ज्लाटान इब्राहिमोभिच मेजर लिग सकर (एमएलएस) टोली एलए ग्यालेक्सीसँगको सम्झातौ तोड्दै इटालियन सिरि ‘ए’ ए टोली एसी मिलान फकर्ने सम्भावना बढेको बताइएको छ ।

ग्यालेक्सीसँगको दुई वर्षे सम्झौताबाट खासै खुसी हुन नसकेका ३७ वर्षे स्टार मिलान फर्कन चाहेका हुन् । यसअघि सन् २०१० देखि २०१२ सम्म इब्राहिमोभिचले मिलानबाट खेलिसकेका छन् । त्यसबीचमा मिलानले एक पटक सिरिए उपाधि जितेको थियो ।

सम्झौता अवधि सम्म ग्यालेक्सी बस्ने उनको सुरुवातको योजना रहेको बताइएको छ । तर, अहिले भने उनी आफ्नो मनस्थितिमा परिवर्तन गर्दै इटाली फर्कने सोच बनाएका छन् । सिरि‘ए’ उनका लागि परिचित लिग हो ।

उनले मिलानसहित इन्टर मिलान र युभेन्ट्सबाट पनि खेलिसकेका छन् । इटालीमा उनले २ सय ४९ खेल खेल्ने क्रममा १ सय ४८ गोल गरेका थिए । यदि उनी इटाली फर्के भने ग्यालेक्सीका लागि भने ठूलो घाटा हुने बताइएको छ ।

सन् २०१८ को मार्चमा अमेरिका पुगेयता उनले २७ खेलमा २२ गोल गरिसकेका छन् । पहिलो सिजनकै उच्च प्रदर्शनका कारण उनी एमएलएस न्यूकमर अफ दी एयर अवार्डबाट सम्मानित भएका थिए । यद्दपी उनी टोलीलाई प्ले अफमा पुर्याउन भने असफल भएका थिए ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.