6 years ago
December 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टले निर्णायक गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मनाङ मर्स्याङदी क्लबले जावलाखेल युवा क्लबलाई १-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा अन्जनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो ।
पहिलो हाफमा मनाङले लगातार आक्रमण बुनेपनि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापा लगातार बाधक बने । सातौं मिनेटमा कप्तान विशाल राईको फ्रिकिकमा गोलरक्षक टिकेन्द्रले पन्च गरेको बलमा अन्जनको प्रहार पुन: उनकै हातमा गयो । लगत्तै आडेलाजा सोमिडेको प्रहारलाई पनि उनले विफल पारे ।
खेलको १५ औं मिनेटमा विशाल राईले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक टिकेन्द्रको हातमा लाग्दै क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि पनि मनाङको आक्रमणलाई टिकेन्द्रले रोक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफको ६२ औं मिनेटमा मनाङले सुरुवाती अग्रता लियो । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै लिगको व्यक्तिगत पाँचौ गोल गरे । डिफेन्डर अडामा डुम्बियाले ओलावाले आफिजलाई ६ यार्ड बक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।
८२ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा ओलावाले आफिजले ६ यार्ड बक्सभित्रबाट खाली पोस्टमा फ्री हेडरलाई पोस्टको दिशा दिन सकेनन् । गोलरक्षक बिट भइसकेको अवस्थामा अनमार्क आफिजको डाइभीङ हेडर आकासिएको थियो । लगत्तै आफिजको पासमा अन्जनको प्रहार पनि पोस्टभन्दा बाहिर गयो ।
इन्युरी समयको तेस्रो मिनेटमा जावलाखेलले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । सुशील यादवको हेडरलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । रिबाउन्ड बलमा जावलाखेलका अरुज सिंहले बललाई पोस्टको दिशामा प्रहार गर्न सकेनन् । गोलरक्षक विशाल बचाउ गर्ने क्रममा आँखामा चोट बोक्दै मैदान छाडेका थिए ।
इन्ज्युरी समयको आठौँ मिनेटमा जावलाखेलका लावल ओलाकनले २५ यार्ड टाढाबाट फ्रिकिक प्रहार पोस्टमा लाग्दै वैकल्पिक गोलरक्षक अशोक बराललाई लाग्दै पोस्टको दिशाबाट बाहिरिएको थियो ।
यस जितसँगै मनाङ लगातार छैटौं जित दर्ता गर्दै १८ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दोस्रो स्थानको संकटालाई ३ अंकले पछाडी पारेको छ । जावलाखेल भने ६ खेलमा १ जित, १ बराबर र ४ हारसँगै ४ अंक जोड्न सफल भएको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]