6 years ago
December 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दुई खेल हुँदा एपीएफ रंगशालामा एक खेल हुनेछ ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङदीले ११ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युवा क्लबको सामना गर्नेछ । मनाङले लिगको पाँचौ चरणसम्मआइपुग्दा शत प्रतिशत जित नतिजा निकालेको छ । यता जावलाखेलले पछिल्लो खेलमा ब्रिगेड ब्वाइजलाई १-० ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको थियो ।
मनाङले लिग तालिकामा अग्रता बढाउने सम्भावना जीवित राख्न यस खेलमा जित दर्ता गर्नेपर्ने अवस्था छ । संकटाको समान १५ अंक छ भने आर्मी ५ खेलमा १३ र रुस्लान थ्री स्टार पनि ५ खेलमा १२ अंक लिएर बसेका छन् । मनाङले अंक गुमाएको अवस्थामा शीर्ष स्थानबाट तल झर्ने सम्भावना रहनेछ ।
जावलाखेलको लागि भने पछिल्लो केहि दिन सुखद रहयो । पहिलो जित दर्ता गरेपछि ब्रिगेड ब्वाइजलाई उछिन्दै जावलाखेल पुछारको तीन स्थानबाट माथि उक्लिएको छ । पहिलो जितको सिलसिलालाई कायम राख्ने लक्ष्यसहित जावलाखेल उत्रनेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]