6 years ago
December 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर ट्रायलका लागि बुधबार बेल्जियम जाने भएका छन् । विमलले च्यासलसँग आपसी समझदारीमा करार रद्द गर्दै बेल्जियम जान लागेका हुन् ।
१० हप्ताका लागि बेल्जियम जान लागेका विमलले त्यहाँको दोस्रो डिभिजन क्लबमा ट्रयाल दिनेछन् । ट्रायलमा सफल भएमा उनी त्यहि क्लबमा अनुबन्ध हुन सक्ने बताइएको छ । क्लबले उनलाई जनवरीसम्म प्रशिक्षणमा सामेल गराएर त्यसपछि अनुबन्ध गर्ने सम्भावना रहेको छ ।
बेल्जियम जानका लागि उनले च्यासल क्लबबाट रिलिज लिएका थिए । उनी यसअघि पनि पटक पटक ट्रायलका लागि बेल्जियम गएका थिए । यसपटक झन्डै डेढ वर्षपछि विमल बेल्जियम जान लागेका हुन् ।
साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि विमल घर्तीमगर ।
गत वर्ष रुस्लान थ्री स्टारमा आबद्ध भएका विमल केहि समय भारतीय क्लब मोहन बगानमा आबद्ध भएका थिए । यद्दपी उनले त्यहाँ धेरै अवसर भने पाएनन् । फर्केर उनी पुनः थ्री स्टारबाट खेलका थिए । तर, लिगमा भने उनी नवप्रवेशी क्लब च्यासलमा आबद्ध भए र उनले जारी लिगका ५ चरणका खेल खेलेका थिए ।
विमलको उच्च प्रदर्शनबाट प्रेरित नेपाल बंगालदेशमा असोजमा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्म पुगेको थियो । उनले प्रतियोगितामा २ गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि विमलले पछिल्लो समय सुधारिएको प्रदर्शन गरेका छन् ।
विमलको कप्तानीमा नेपालले सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि राष्ट्रिय टोलीबाट खेल्दै उनले लगातार सफलता हात पारे । दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक, बंगबन्धु गोल्डकप उपाधि र एएफसी सोलिडारिटी कपमा उनको प्रदर्शन महत्तपूर्ण रहेको थियो ।
जारी ए डिभिजन लिगमा च्यासलका लागि नियमित खेलेका विमलले क्लबसँग करार रद्द गरेका छन् । आपसी समझदारीमा करार रद्द गरिएको हो ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]