default_image

6 years ago

December 4, 2018

‘ब्यालोन डी’ओर जाभी र इनिएस्टालाई समर्पण’ – मोड्रिच

75 views

0 Bookmark

एजेन्सी – फ्रान्स फुटबलले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड फिफा ब्यालोन डी’ओरको उपाधि यसपटक रियल म्याड्रिड एवं क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले जिते ।

पछिल्लो एक दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले कायम गरेको वर्चस्व पनि उनले तोडे । उपाधि जितेपछि मोड्रीचले यसबीचमा रोनाल्डो र मेसीको वर्चस्वको कारण उपाधि जित्न नसकेका केहि खेलाडीलाई उपाधि समर्पण गरे । उनले रोनाल्डो र मेसीको उत्कृष्टताको प्रशंसा गर्दै यस वर्चस्व तोड्न आफू नै कारक बन्दा खुसी पनि व्यक्त गरे ।

‘ रोनाल्डो र मेसीले पछिल्लो एक दशक उत्कृष्ट फुटबल खेले । उनीहरुको लगातार राम्रो प्रदर्शनले एक अर्काबीच प्रतिस्पर्धा बढाएको थियो । यसकारण केहि महान खेलाडी यस उपाधिको हकदार भएपनि जित्न भने सफल रहेनन् ।’

‘ मेरो विचारमा जाभी र इनिएस्टा यो उपाधिको हकदार थिए । स्नाइडरले पनि एक समय उपाधि जित्नुपर्ने थियो, तर सफल हुन सकेनन् । तर अन्तत: मैले यो उपाधि जित्न सफल भएको छु । मान्छेहरुले केहि फरक चाहना राखेको छन् । यो समग्र फुटबल को जितको रुपमा लिएको छु ।’

‘ म आफ्नो उपाधि जितमा औधी खुसी छु । तर यो उपाधि म ती तीन खेलाडीलाई पनि समर्पण गर्न चाहन्छु जसले यसलाई आफ्नो बनाउन सकेनन् । उपाधिका हकदार भएपनि मतदानका आधारमा यो खेलाडी पछि परेका थिए ।’

मोड्रिचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरे । उनले विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल पनि प्राप्त गरे । ३३ वर्षीय मोड्रिचले गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा महत्त्वपूर्ण प्रदर्शन गरेका थिए ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.