default_image

6 years ago

December 4, 2018

ब्यालोन डी ओर २०१८ : कसको कति भोट ?

104 views

0 Bookmark

एजेन्सी – क्रोएसियाका कप्तान लुका मोड्रीचले ब्यालोन डी’ओर २०१८ को उपाधि जित्दै क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले कायम गर्दै आएको वर्चस्व तोडेका छन् । विश्वभरका १ सय ८० देशका पत्रकारहरुको मतदानका आधारमा मोड्रीचले फराकिलो अन्तरले उपाधि जितेका हुन् ।

फ्रान्स फुटबलले मतदान प्रक्रियामा हरेक देशको प्रतिनिधि पत्रकारबाट मनोनयनमा परेका ३० खेलाडीबाट शीर्ष ५ खेलाडीको नाम लिएको थियो । शीर्षस्थानमा पर्ने खेलाडीले ६ अंक, दोस्रोमा पर्नेले ४ र क्रमश त्यसपछिका तीन खेलाडीले ३,२ र १ अंक हासिल गर्ने प्रावधान रहेको थियो । यस क्रममा मोड्रीचले कुल ७ सय ५३ अंक हासिल गर्दै उपाधि आफ्नो नाम गरे । दोस्रो स्थानका रोनाल्डोले ४ सय ७६ अंक मात्र जोड्न सके ।

तेस्रो स्थानका एन्टोइन ग्रिज्मनले ४ सय १४ अंक जोड्दा चौथो स्थान हासिल गरेका किलियन एमबाप्पेले ३ सय ४७ अंक पाए । पाँचौ स्थानका लिओनेल मेसीले २ सय ६० अंक मात्र जोड्न सके । मेसीको अंकभन्दा विजेता मोड्रीचले झन्डै ३ गुणा बढी अंक जोड्न सफल रहे । छैटौं स्थानका मोहमद सलाहले १ सय ८८ अंक जोडे ।

सातौं स्थानका राफेल भारानेले १ सय २१ तथा आठौँ स्थानका इडेन हाजार्डले १ सय १९ अंक जोडे । त्यसपछि भने अन्य प्रतिस्पर्धीले खासै अंक प्राप्त गर्न सकेनन् । केभिन डे ब्रुएनले २९ अंक जोड्दै नवौं र ह्यारी केन २५ अंक जोड्दै दशौं स्थानमा रहे । एन’गोलो कान्टे २४ अंक र नेयमार १९ अंक सहित शीर्ष १२ मा अटाए । लुइस सुआरेजले १७ तथा थिबाउट कोर्टुवाले १२ अंक मात्र जोडे ।

पूर्ण विवरण :

१. लुका मोड्रीच – ७५३

२. क्रिस्टियानो रोनाल्डो – ४७६

३. एन्टोइन ग्रिज्मन – ४१४

४. किलियन एमबाप्पे – ३४७

५. लिओनेल मेसी – २८०

६. मोहमद सलाह – १८८

७. राफेल भाराने – १२१

८. इडेन हाजार्ड – ११९

९. केभिन डे ब्रुएन – २९

१०. ह्यारी केन – २५

११. एनगोलो कान्टे – २४

१२. नेयमार – १९

१३. लुइस सुआरेज – १७

१४. थिबाउट कोर्टुवा – १२

१५. पल पोग्बा – ९

१६. सर्जियो अगुएरो – ७

१७. ग्यारेथ बेल – ६

करीम बेन्जेमा – ६

१९. रोबर्टो फिर्मिनो – ४

इभान राकीटिच – ४

सर्जियो रामोस – ४

२२. साडियो माने – ३

एडिन्सन कभानी – ३

मार्सेलो – ३

२५. एलिसन – २

मारियो मान्जुकीच – २

यान ओब्लाक – २

२८. डिएगो गोडीन – १

२९. इस्को – ०

२९. ह्युगो लोरिस – ०

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.