default_image

6 years ago

December 3, 2018

बायर्न छाड्दै रोबेन

43 views

0 Bookmark

म्युनिख (एजेन्सी)– सिजनको अन्त्यसँगै आर्जेन रोबेनको बायर्न म्युनिखसँगको दशक लामो यात्राको पूर्ण विराम लाग्ने भएको छ । ३४ वर्षे रोबेन सन् २००९ मा रियल म्याड्रिडबाट बायर्न पुगेका थिए ।

बायर्नका लागि उनले ३ सय ५ खेल खेल खेल्दै १ सय ४३ गोल गरेका छन् । यसबीचमा उनले ७ पटक बुन्डेसलिगा, ४ पटक डिएफबी पोकल ट्रफी र सन् २०१३ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

‘बायर्नमा यो मेरो अन्तिम वर्ष हो’, रोबेनले भनेका छन्, ‘यो दश वर्ष निकै उत्कृष्ट रह्यो । अब भने छोड्ने समय आएको छ ।’ टोलीका अर्का खेलाडी फ्रान्क रिबेरीले पनि रोबेनको बाटो पछ्याउने सम्भावना छ । ३५ वर्षे रिबेरीको पनि यहि सिजनको अन्त्यमा सम्झौता सकिनेछ ।

प्रशिक्षक निको कोभाकको नेतृत्वमा बायर्न संक्रमणकालबाट गुज्रिरहेको छ । बुन्डेसलिगाका १३ खेल सकिदा बार्यन शीर्षस्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले पछाडि छ । यद्दपी टोली यो सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा भने पुगिसकेको छ ।

February 4, 2025

पुलिस आहा रारा पोखरा गोल्डकपको‌ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार […]

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

Success

Thank you for your time.