6 years ago
December 3, 2018
एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सोमबार राती हुने ब्यलोन डी’ओर को उपाधि जित्ने आँकलन गरिएको छ । उनलाई फ्रान्सका विश्वकप विजेता टोलीका केहि खेलाडीले चुनौती दिने अपेक्षा गरिएको छ ।
पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यस उपाधिमा अधिपत्य जमाउँदै आएका थिए । दुवै खेलाडीले समान ५-५ पटक आफ्नो नाम उपाधि गरे । यसपटक भने विजेताको नाम घोषणा गर्दा यी दुईबाहेक कुनै अर्को नाम आउने धेरैले आँकलन गरेका छन् ।
रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जिते भने मेसीले पनि बार्सिलोनाको सफलतामा साथ दिए । तर रुसमा सम्पन्न विश्वकपमा दुवै खेलाडीले फितलो प्रदर्शन गरे र नतिजा पोर्चुगल र अर्जेन्टिना कप्तानको भूमिकामा रहेका यी दुई खेलाडी ब्यालोन डी’ओर को प्रतिस्पर्धामा पछाडी परे । विश्वकपको प्रदर्शन उपाधिको छिनोफानो गर्न निकै महत्त्वपूर्ण कडी सावित हुँदै आएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनो आफैंले पनि विश्वकप विजेता टोलीले उपाधि जित्नुपर्ने बताएका छन् । विश्वकप जित्ने टोलीका ६ खेलाडी यसपटक मनोनयनमा परेका ३० खेलाडीको सुचिमा अटाएका छन् । उपाधिको आयोजना फ्रान्स फुटबल पत्रिकाले गर्ने भएपनि मतदान भने विश्वभरका १ सय ८० पत्रकारले गर्ने प्रावधान रहेको छ ।
फ्रान्सेली टोलीबाट पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पे, एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मन, रियलका राफेल भारानसँगै प्रिमियर लिगमा खेल्दै आएका ह्युगो लोरिस, पल पोग्बा र एनगोलो कान्टे रहेका छन् । पछिल्लोपटक उपाधि जित्ने फ्रान्सेली खेलाडीमा जिनेदिन जिदान रहेका छन् । उनले सन् १९९८ मा फ्रान्सलाई घरेलु मैदानमा विश्वकप उपाधि दिलाएपछि सो उपाधि हात पारेका थिए ।
यसका बाबजुद मोड्रीच नै उपाधिको बलियो दावेदारको रुपमा अगाडी आएका छन् । मोड्रीचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा पराजित भएपनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
३३ वर्षीय मोड्रीचले गत वर्ष क्लब फुटबलमा पनि प्रचुर सफलता हात पारे । रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रीचको प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो । पछिल्लो दुई वर्ष च्याम्पियन्स लिग विजेताको हकमा रोनाल्डोले ब्यालोन डी’ओर उपाधि हत्याएका थिए । यसपटका मोड्रीचले सो सफलता हात पार्न विश्वकपको प्रदर्शनले पनि बलियो साथ दिने देखिएको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]