6 years ago
December 3, 2018
पेरिस (एजेन्सी)– यो वर्षको बालोन डी ओर अवार्ड विजेताको घोषणा अबको केहि घन्टा पछि हुनेछ । लुका मोड्रीच, क्रिस्टियानो रोनाल्डो, लियोन मेसी, एन्टोइन ग्रिजमन, किलियन एमबाप्पे र राफेल भारेनबीच यो वर्षको उत्कृष्ट अवार्डका लागि प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
पछिल्लो एक दशक दुई खेलाडी रोनाल्डो र मेसीले मात्र यो अवार्ड जितेका छन् । यसपटक यी दुई भन्दा फरक खेलाडीले अवार्ड जित्नु अनुमान पनि गरिएको छ । यो वर्षको अवार्ड कसले जित्दा भन्ने कतुहताका बीच यहाँ त्यस्ता केहि खेलाडीको चर्चा गरिएको जसले अवार्ड जित्न असफल रहे ।
८. आन्द्रेस इनियस्टा
बार्सिलोनाका महान खेलाडी एवम् स्पेनले विश्व कप जित्दाका महत्वपूर्ण सदस्य इनियस्टा फुटबल समर्थक अधिकांशले मन पराउने खेलाडीमा पर्दछ । सन् २०१२ इनिस्टा युइएफए उत्कृष्ट युरोपियन खेलाडीको अवार्ड जितेका थिए भने च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडी चुनिएका थिए । तर, त्यसका बावजुद पनि उनी दुई पटक सम्म बालोन डी ओर जित्नबाट असफल रहे । २०१० को बालोन डी ओरमा दोस्रो स्थानमा रहेका इनियस्टा २०१२ मा तेस्रो स्थानमा रहे ।
७.जाभी हर्नान्डेज
स्पेन र बार्सिलोनाका उत्कृष्ट खेलाडी मध्येका एक जाभी उत्कृष्ट मिडफिल्डरुमा रुपमा परिचित छन् । क्लब र देशका लागि महत्वपूर्ण उपाधि जितेका जाभीलाई बोलोन डी ओरको हकदारका रुपमा हेरिएको थियो ।
फुटबलमा भिजन, पास, बल नियन्त्रणमा माहिर मानिने जाभी पेप ग्वार्डिओलाको नेतृत्वमा रहँदा २०११ मा सम्भव सबै उपाधि जितेको थियो । त्यो सिजन जाभीले पनि उच्च प्रदर्शन गरेका थिए । तर, त्यो वर्ष पनि टोलीकै सहकर्मी मेसीले बालोन डी ओर जिते भने रोनाल्डो दोस्रो र जाभी तेस्रो स्थानमा रहे ।
६. म्यानुएल नोएर
२०१४ को वर्ष गोलकिपर नुयोरका लागि खेल जीवनकै उत्कृष्ट वर्ष थियो । बायर्न म्युखिनका लागि च्याम्पियन्स लिग जितेका नुयोर सम्मिलित जर्मनीले सो वर्ष विश्व कप जितेको थियो । तर, तर पनि उनी रोनाल्डो र मेसी भन्दा पछाडि तेस्रो स्थानमा रहे । त्यो वर्ष रोनाल्डोले अवार्ड जितेका थिए ।
५. फ्रान्क रिबेरी
बायर्न म्युनिखका विङ्गर रिबेरीले २०१३ मा मेसी र रोनाल्डोको राजलाई चिर्ने अनुमान गरिएको थियो । बायर्नलाई त्यो वर्ष तीन वटा महत्वपूर्ण उपाधि दिलाउन रिबेरीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर उनी पनि अवार्ड जित्न असफल भए । पुनः रोनाल्डोले अवार्ड जित्दा मेसी तेस्रो र रिबेरी तेस्रो भए । रिबेरीले त्यति बेला अवार्डमा राजनीतिकरण हुने बताएका थिए ।
४. वेस्ली स्नाइडर
डच खेलाडी स्नाडरलाई २०१० को बालोन डी ओर विजेताका रुपमा हेरिएको थियो । जोसे माउरिन्होको नेतृत्वमा रहेको इन्टर मिलानले स्नाडरसहितका खेलाडीको उच्च प्रदर्शनमा तीन वटा उपाधि जितेको यिो । २०१० मै नेदरल्यान्ड्स विश्व कप फुटबलको फाइनलमा पुगेको यिथो । तर, स्नाइडर बालोन डी ओरको शीर्ष ३ मा पनि पर्न असफल भए । जसमा जाभी, इनियस्टा र मेसी समेटिएका थिए । त्यति बेला स्नाइडर शीर्ष ३ मा नपर्नु दुःखत भएको जाभीले बताएका थिए ।
३.आन्द्रे पिर्लो
प्राविधिक रुपमा पिर्लोलाई उत्कृष्ट खेलाडी मध्ये एकका रुपमा हेरिन्छ । पिर्लोले इटाली र युभेन्ट्सबाट लगातार उच्च प्रदर्शन गरेका थिए । उनको झन्डै झन्डै एकल प्रयासमा इटाली २०१२ को युरो कपको फाइनलमा पुगेको थियो । युभेन्ट्सले सिरि एमा सफलता प्राप्त गर्दा त्यसमा पिर्लोको भूमिका महत्वपूर्ण रहेको थियो । २०१२ मा उनलाई बालोन डी ओरको दाबेदारका रुपमा हेरिएको थियो । तर , उनी त्यसमा सातौं स्थानमा रहे ।
२. एन्टोइन ग्रिजमन
ग्रिजमनलाई पनि बालोन डी ओर नजित्ने एउटा अभागी खेलाडीका रुपमा हेरिन्छ । २०१६ को वर्ष उनले उच्च प्रदर्शन गरेका थिए । एट्लेटिको म्याड्रिड र फ्रान्सबाट खेल्दै उनले त्यो वर्ष ४० गोल गरेका थिए । त्यो वर्ष एटलेटिको च्याम्पियन्स लिगको फाइनल र फ्रान्स युरो कपको फाइनल पुगेको थियो । तर, दुर्भाग्य रोनाल्डोले नेतृत्व गरेको दुवै फाइनलमा एट्लेटिको रियल म्याड्रिडसँग र फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । रोनाल्डोले २०१६ मा अवार्ड जित्दा ग्रिजमन तेस्रो भए । रोनाल्डोको त्यो चौथो बालोन डी ओर थियो ।
१. नेयमार
बार्सिलोनामा २०१५ मा दोस्रो सिजन बिताइरहँदा नेयमारलाई बालोन डी ओरको सम्भावित विजेताका रुपमा हेरिएको थियो । मेसी र लुइस स्वारेजसँग मज्जाले जमेका नेयमारले त्यो सिजन सबै प्रतियोगितामा गरि ३९ गोल गरेका थिए । तर त्यो वर्ष मेसीले अवार्ड जिते भने रोनाल्डो दोस्रो र नेयमार तेस्रो स्थानमा रहे ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार […]
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]