default_image

6 years ago

December 3, 2018

भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लियो

49 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भिल्लारियललाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २-० ले विजयी रहयो । भिल्लारियलले खेलको सुरुवाती समयमा अग्रता लिने मौका चुकायो । जेरार्ड मोरेनोले क्लेमेन्ट लेङलेटलाई रोकेर हानेको सट पोस्टमा लगेर फर्कंदा बार्सिलोना भाग्यमानी सावित भएको थियो ।

बार्सिलोनाले ३६ औं मिनेटमा जेरार्ड पिकेको गोलमा अग्रता लियो । ओस्मान डेम्बेलेको क्रसमा उनले हेडरमार्फत गोल गरेका थिए । कार्लोस एलेनाले ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । कप्तान लिओनेल मेसीको थ्रु बलमा गोलरक्षकलाई चिप गर्दै एलेनाले गोल गरेका थिए ।

खेलको अन्तिम समयमा मेसीले पनि गोल गर्ने अवसर चुकाए । यस जितसँगै बार्सिलोनाले १४ खेल खेल्दै ८ जित, ४ बराबरी र २ हारसहित २८ अंक जोडेको छ । सेभिल्ला भने १४ खेलमा ८ जित ३ बराबर र ३ हारसँगै २७ अंकमा छ । पछिल्लो ५ खेलमा बार्सिलोनाको यो दोस्रो जित हो । यता भिलारियलले पछिल्ला ८ खेलमा एकपटक मात्र जित दर्ता गरेको छ ।

आइतबार भएको खेलमा सेभिल्लाले अलाभेससँग १-१ को बराबरी खेलेको थियो । अलाभेसका लागि जोनीले गोल गर्दै अग्रता दिलाएका थिए । तर विसाम बेन येडरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.