default_image

6 years ago

December 3, 2018

पीएसजीको लगातार जितको यात्रा टुंगियो

98 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत आइतबार भएको खेलमा बोर्डोले पेरीस सेन्ट जर्मेन (पीएसजी) लाई बराबरीमा रोकेको छ । बोर्डोको घरेलु मैदानमा सम्पन्न खेल २-२ मा सकिएपछि पीएसजीको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको छ ।

पीएसजीले पहिलो हाफको ३४ अौं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ड्यानी अाल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अगाडि बढाएका थिए । बलमा पकड बनाएपनि पीएसजीले आक्रमण बुन्न भने सकेन । पहिलो हाफमा पाहुना टोली १-० अग्रतामा थियो ।

दोस्रो हापको सुरुवातमा घरेलु टोली खेलमा फर्कियो । ५३ अौं मिनेटमा यान कारमाअोको पासमा जिमी ब्रायन्डले गोल गर्दै खेल बराबरीमा ल्याए । ६६ अौं मिनेटमा पीएसजीले पुन: अग्रता बनायो । जुलियन ड्राक्सलरको पासमा युवा स्टार किलियन एमबाप्पेले गोल गरे ।

खेलको ६ मिनेट समय बाँकी रहँदा बोर्डोले फेरि बराबरी गोल फर्कायो । म्याक्सिम पाउन्जेको पासमा अान्द्रिएस कर्नेलियसले गोल गरेपछि पीएसजी बराबरीमा अाएको थियो । अन्तिम समयमा पीएसजीले जित्ने मौका पाएपनि फरवार्ड चुपो मोटिङले अवसरको सदुपयोग गर्न सकेनन् ।

नेयमार दोस्रो हाफमा चोट बोकेपछि मैदान छाडेर गएका थिए । उनको स्थानमा ५७ अौं मिनेटमा चुपो मोटिङ अाएका थिए । एमबाप्पलेलाई पनि खेलदौरान ह्यामस्ट्रिङको समस्या देखिएको थियो । यद्यपि उनले पुरै समय खेले ।

यस नतिजासँगै पीएसजीको शत प्रतिशत जित यात्रा टुंगियो । १५ अौं खेलमा बराबरीमा रोकिएपनि पीएसजीले अंक तालिकामा फराकिलो अन्तर कायम राखेको छ । १५ खेलमा १४ जित र १ बराबरसहित ४३ अंक जोडेको पीएसजी दोस्रो स्थानको मोन्टपेलेरभन्दा १४ अंक अगाडि छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.