6 years ago
December 3, 2018
न्यूयोर्क (एजेन्सी)– सुपर स्टार ज्लाटान इब्राहिमोभिचले आफ्नो अलस्टार ड्रिम ११ टोलीमा अधिकांश स्टार खेलाडीलाई समावेश गरेका छन् । यद्दपी उनको छनोटमा केहि आश्चार्यजनक रुपमा अपेक्षा गरिएका खेलाडी समेटिएका छैनन् ।
३७ वर्षे स्वीडेनका पूर्व कप्तानले पूर्व सहकर्मी युभेन्ट्सका महान खेलाडी जियालुइजी बुफोनलाई आफ्नो अल स्टार टोलीको गोलकिपरमा राखेका छन् । त्यस्तै लिलियन थोरम, थिएगो सिल्भा, आलेसान्द्रो नेस्टा र म्याक्सवेललाई रक्षापंक्तिको जिम्मेवारी दिएका छन् । मिडफिल्डमा पेट्रिक भियरा, जाभी, पाभेल नेदभेद रहेका छन् ।
इब्राहिमोभिचले अग्रपक्तिमा लियोनल मेस्सी, ब्राजिलियन एवंम बार्सिलोनाका महान खेलाडी रोनाल्डिन्हो र आफुलाई राखेका छन् । तर, उनको छनोटमा पाँच पटकका बालोन डी ओर विजेता क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।
५ जनाको वैकल्पिक खेलाडी सुचिमा जुलियो सेजर, आन्द्रे इनियस्टा, फाबियो कानाभारो, जेनारो गाटुसो र क्लारेन्स सिर्डोफ रहेका छन् । इन्स्टाग्राममा ३६ मिलियन फलोअर रहेका इब्राहिमोभिचले आफ्नो अल स्टार सार्वजनिक गरेका हुन् ।
आयाक्स, इन्टर मिलान, युभेन्ट्स, एसी मिलान, बार्सिलोना, म्यानचेस्टर युनाटेडबाट खेलका इब्राहिमोभिच फुटबल इतिहासका एक उत्कृष्ट खेलाडीमा गनिन्छन् । क्लब र देशका लागि गरेर उनले ५ सय बढी गोल गरिसकेका छन् ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]